उदयपुरको बेलका नगरपालिकामा कांग्रेसलाई पछि पार्दै एमालेले अगाडि

उदयपुरको बेलका नगरपालिकामा कांग्रेसलाई पछि पार्दै एमालेले अगाडि

गाईघाट : उदयपुरको बेलका नगरपालिकामा नेपाली कांग्रेसका उमेदवार पछि परेका छन्। दुई दिनसम्म ८ सय ५० मतको फराकिलो मतान्तर बनाएका कांग्रेसका मेयरका उमेदवार अशोक कार्की पछिल्लो मत परिणाम अनुसार २४६ मतले पछाडि छन्।

साविक तपेश्वरी गाविस हालको बेलका नपाको वडानं १ र २ को गणना हुँदा कार्कीले एमाले उमेदवार दुर्गाकुमार थापालाई ८ सय ५० मतले पछि पार्नु भएको थियो। यो कार्कीको घर भएको वडा हो। पछिल्लो समय साविक रामपुरठोक्सिला, मैनामैनी र ववला गाविस हालको वडानं ३, ४, ५, ६, ७, ८ मा प्रवेश गरेपछि थापाले मतान्तर घटाउँदै २ सय ४६ मतको फरक बनाउनु भएको हो।

थापाले ४ हनार ९ सय ४३ र कार्कीले ४ हजार ६ सय ९७ मत प्राप्त गर्नु भएको छ। अब ९ वडाको को १५ सय ६१ मत मात्र गन्न बाँकी छ। वडानं ९ पनि एमालेकै क्षेत्र भएकाले ५ सय मतको फरक हुन सक्ने एमालेको अनुमान छ। थापा साविकको रामपुरठोक्सिला गाविसको ०५४ सालको निर्वाचित अध्यक्ष हुन्।

त्यसैगरी उपमेयरमा एमालेकी राजकुमारी चौधरी ५ सय ९२ मतका साथ अग्रस्थानमा हुनुहुन्छ। चौधरीले ५२ सय ४१ र प्रतिस्पर्धी दीपा राईले ४६ सय ४९ मत प्राप्त गर्नुभएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.