मेची अञ्‍चलमा एक सिटमै सीमित भयो माओवादी !

मेची अञ्‍चलमा एक सिटमै सीमित भयो माओवादी !

फिदिम : दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जितको सिट संख्यालाई हेर्दा मेची अञ्चलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भन्दा माओवादी केन्द्र कमजोर देखिएको छ। बलियो तेस्रो राजनीतिक शक्तिको स्थान पक्का गर्ने उदेश्यका साथ निर्वाचनमा होमिएको माओवादी केन्द्रले मेची अञ्चलका चार ओटा जिल्लाका ४२ स्थानीय तहमध्ये एउटा तहमा मात्र जितेको छ।

एक नगरपालिका र सात गाँउपालिका गरी आठ स्थानीय तह रहेको पाँचथरको मिक्लाजुङ गाउँपालिा बाहेक मेची अञ्चलका कुनै पनि तहमा माओवादी केन्द्रले जित्न सकेन। माओवादी केन्द्रका अमर माखिमले पाँचथरको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा जितेर मेची अञ्चलमै माओवादी केन्द्रको नाम बचाएका हुन्। माखिम राजनीतिक व्यक्तित्व भन्दा पनि व्यवसाहिक पहिचान बनाएका व्यक्ति हुन्। ‘मेरो राजनीतिक इतिहाँस त्यति लामो छैन,’ माखिमले भन्नुभयो, ‘२०७० सालदेखि माओवादी केन्द्रको सदस्यता लिएर काम गर्दै आएको थिएँ। अहिले पार्टीको तर्फबाट गाउँपालिकाको अध्यक्ष भएँ।’

राजनीतिक पहिचान भन्दा सामाजिक पहिचान बनाएका तिनै माखिमले मेची अञ्चलमा माओवादी केन्द्रको नाम बचाएका हुन्। द्वन्द्वकालमा पार्टीको लागि मरिमेन्ट र पार्टीको केन्द्रीय तहमा पहुँच राख्नेले जित्न नसक्नु तर, राजनीतिक इतिहास नबनाएका माखिमले जित्नुलाई उक्त गाउँपालिकमा माखिमको व्यक्तित्वसँग जोडेर चर्चा हुने थालेको छ। सैद्धान्तिक मत भन्दा पनि माखिमको व्यत्तित्वको मतले जितेको माओवादी केन्द्रकै नेता कार्यकर्ताको भनाइ छ।

माखिमले एमालेका निकै चर्चित नेता धनकुमार फियाकलाई चार सय ६६ मत अन्तरले हराएर मेची अञ्चलमा माओवादीको शाख बचाएका हुन्। माखिमले तीन हजार सात सय ६२ मत ल्याउदा एमालेका फियाकले तीन हजार दुई सय ९६ मत पाएर पराजित भएका छन्।

राप्रपाले तीन ओटा तहमा जितेको छ। स्थानीय तहमा जितेको सिट संख्याको आधारमा मेची अञ्चलमा राप्रपा तेस्रो र माओवदी केन्द्र चौथो शक्तिको रुपमा देखिएको छ। झापाका आठ नगरपालिका र सात गाउँपालिका गरी १५ ओटा तहमा माओवादीको जित शून्य रह्यो। माओवादीको बलियो मानिएको गौरीगञ्ज गाउँपालिकामा राप्रपाले जितेपछि झापामा माओवादीको जित शुन्यमा सिमित रह्यो।

झापाका अधिकांश तहको मत गणना सकिएको छ। गणना सम्पन्न हुन बाँकी रहेका तहमा माओवादी केन्द्र निकैपछि परेकाले माओवादीको जित नहुने निश्चित छ। झापामा राप्रपाले तीन ओटा तहमा जित निकालेको हो। झापाको तीन तहको जितले नै राप्रपालाई मेची अञ्चलनमा तेस्रो राजनीतिक शक्तिको स्थान दिलाएको हो। तर, मत संख्याको आधामार मेची अञ्चलमा माओवादी तेस्रो शत्तिकै रुपमा रहेको माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हर्क नेम्बाङ मिक्सोले बताउनुभयो।

‘सिट संख्याको आधारमा मात्र हाम्रो पार्टी चौथो देखिएको हो,’ मिक्सोले भन्नुभयो, ‘मतका आधारमा हामी तेस्रो नै हो।’ पाँचथरका फालेलुङ र तुम्बेवा गाउँपालिकामा अपेक्षित नतिजा नआउँदा मेची अञ्चलमा एक सिटमा सिमिति हुनु परेको उहाँको भनाइ छ। ‘मतलाई आधार मान्ने हो भने २०७० सालभन्दा हाम्रो संगठन सुध्रिएको हो,’ मिक्सो भन्नुहुन्छ, ‘यस्तै सुधार गर्दै जाने हो भने प्रादेशिक चुनावमा माओवादीले मेची अञ्चलमा निकै राम्रो पकड राख्नेछ।’

चार नगरपालिका र छ ओटा गाउँपालिका गरी १० स्थानीय तह रहेको इलाममा पनि माओवादी केन्द्रले जित्न सकेन। एक नगरपालिका र आठ गाउँपालिका गरी नौ तह रहेको ताप्लेजुङमा पनि माओवादीले जित निकाल्न सकेन। जितको आशा गरिएको पाँचथरको तुम्बेवा र फालेलुङ गाउँपालिकामा माओवादी केन्द्र दोस्रो स्थानमा मात्र आएपछि मेची अञ्चलमै माओवादी केन्द्र एक सिटमा सिमित भएको हो। मेची अञ्चलका चार जिल्लामा १४ नगरपालिका र २८ गाउँपालिका गरी ४२ ओटा स्थानीय तह छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.