बिद्यार्थीका लागि छात्रबृत्तिको कोटा बढाउन चीनलाई शिक्षामन्त्रीको आग्रह

बिद्यार्थीका लागि छात्रबृत्तिको कोटा बढाउन चीनलाई शिक्षामन्त्रीको आग्रह

काठमाडौ : उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले नेपाली बिद्यार्थीका लाथि छात्रबृत्तिको कोटा बढाउन आग्रह गर्नु भएको छ । नेपालका लागि चीनका डेपुटी चिफ अफ मिसन याङ सी चाओसँग बिहिबार सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले त्यस्तो आग्रह गर्नु भएको हो ।
चीन सरकारले दिदै आएको छात्रवृत्ति कार्यक्रमबाट नेपाली बिद्यार्थीलाई सहयोग पुगेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा थप कार्यक्रम ल्याउन चिनिया प्रतिनिधिमण्डलाई सुझाव दिनुभएको शिक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार चिनिया प्रतिनिधिमण्डलले नेपालकै पुरानो स्कुल दरबार हाई स्कुलको पुर्ननिर्माणका लागि पनि चीनले चासो व्यक्त गरेको छ ।
नेपालस्थित युनेस्को कार्यलयका अध्यक्ष समेत रहुन भएका शिक्षामन्त्री श्रेष्ठलाई प्रतिनिधिमण्डलले औपचारिक रुपमा चीन भ्रमणको निम्तो समेत दिएको छ ।
नेपाल र चीन वीचको कुटनैतिक सम्बन्ध,एक आपसको मित्रता र आर्थिक विषयबारे छलफल भएको छ ।
२०७२ मा आएको महाभुकम्पपछि चीन सरकारले तत्काल गरेको सहयोग र पूर्ननिर्माणका लागि त्यसयता गरेको निरन्तर सहयोग प्रति उप–प्रधानमन्त्री श्रेष्ठले धन्यवाद दिनुभएको थियो ।
भुकम्पपछि बन्द भएको चीनसंगको मूख्य नाका तातोपानी नाका खुलाउनेवारे उपप्रधानमन्त्री श्रेष्ठ र चिनिया प्रतिनिधिमण्डल वीच छलफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.