कोरियाको श्रम नेपालको विकासमा उपयोगी

कोरियाको श्रम नेपालको विकासमा उपयोगी

काठमाडौ : नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले नेपालको विकास निर्माणमा कोरियामा नेपाली श्रमिकले बगाएको पसिना उपयोगी भएको बताउनु भएको छ ।

राजदूत पार्कले कोरियामा गएर नेपालीले पैसा कमाउनुका साथै कोरियाको विकास निर्माणमा महत्वपूर्ण सहयोग पु¥याएको बताउनुभएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग बिहिबार सिंहदरवारमा भएको भेटमा राजदूत पार्कले प्रत्येक वर्ष ३० देखि ३५ हजार कोरियन नेपाल आउने गरेको जानकारी दिँदै पर्यटन प्रवद्र्धनमा सहयोग आदान प्रदान गर्न सकिने धारणा राख्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार मन्त्री महराले दक्षिण कोरिया दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को परिवेक्षक राष्ट्र भएका कारणले दुई देशबीचको घनिष्टता अझै बलियो भएको र आर्थिक एवम् जनस्तरमा पनि महत्वपूर्ण सहयोग पुगेको बताउनु भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.