लोकप्रिय बन्दै रेडियो नाटक ‘जुनेली’

लोकप्रिय बन्दै रेडियो नाटक ‘जुनेली’

काठमाडौं : रेडियो नाटक ‘जुनेली’ स्रोतामाझ लोकप्रिय बन्दै गएको छ। हरेक शुक्रवार साँझ ७:१५ बजे रेडियो सगरमाथा १०२ थोप्लो ४ मेघाहर्जबाट साप्ताहिक रुपमा प्रशारण हुँदै आएको धारावाहिक रेडियो नाटक जुनेली श्रोता माझ लोकप्रिय छ।

नाटकमा उठाइने गरेको विषयवस्तु नै नाटकको लोकप्रियताको कारण भएको छ। स्वास्थ्य, शिक्षा, वातावरण, गाउँ, घर परिवार र समाजमा दिन प्रतिदिन घटिरहेको घटनालाई नाटकमा उठाउने गरिएको छ।

जुनेली रेडियो सगरमाथालगायत रामेछापको रेडियो कैरन, सिन्धुपाल्चोकको रेडियो मेलम्ची, इटहरीको रेडियो परिवर्तन नुवाकोटको रेडियो जाल्पा र नुवाकोट एफएमलगायत पूर्व पश्चिकका अन्य थुप्रै एफएम रेडियो बाट समेत प्रशारण हुन गरेको छ।

रेडियो सगरमाथाको सहकार्यमा जदौ थियटरले निर्माण गर्दै आएको धारावाहिक रेडियो नाटक जुनेलीले आफ्नो प्रशारणकोे ३२ औँ भागसम्म आइपुग्दा समेत कुनै पनि संघ संस्था, विज्ञापन दाताको समेत सहयोग पाएको छैन्।

स्वतन्त्र रुपमा समाजमा जनचेतना जगाउने उद्येश्यले जदौ थियटर आपैmले धारावाहिक रेडियो नाटक जुनेली निर्माण गर्दै आएकोछ।

कुनैबेला गोविन्द बाजेको नामले चर्चामा आएका गोविन्द बाजे अर्थात् निरज राज सुवेदी यस नाटकका लेखक , निर्देशक हुन्। उनलाई समन्त आचार्यले सहयोग गर्दै आएका छन्। सुवेदीले हाँस्य टेलीश्रृखला अमिलो पिरो, जीवन चक्र, थोरैभए पुगिसरीको निर्देशनको साथसाथै रुपमती, सेतो गुलाब, भोक र भित्ताहरु, झ्याँइकुटी झ्याँइ, तितो सत्य , जस्ता लोकप्रिय टेलिश्रृखलामा अभिनय समेत गरिसकेका छन्।

समन्त आचार्य, गोपपिकृष्ण थपलिया, कमल बोहरा, विमला केसी, रचना पौडेल, सावित्री सिवाकोटी, शलीना थापा, वासुदेव खनाल, हरिकृष्ण गौतम, कमल भारती, विष्णु परियार, रत्नबहादुर प्रजापति शिवराज पौडेल यस नाटकका मुख्य कलाकारहरु हुन भने श्रेया नेपालले यस नाटकको उद्घोषणमा आफ्नो आवाज दिदै आएकी छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.