इटहरी उपमहानगरमा एमाले विजयी

इटहरी उपमहानगरमा एमाले विजयी

धरान : सुनसरीको इटहरी उपमहानगरपालिकामा एमालेले जितेको छ । एमालेका मेयर उम्मेदार द्वारिकलाल चौधरी र उपमेयरममा एमालेकै उम्मेदवार लक्ष्मी गौतम विजयी हुनुभएको हो । चौधरीले २२६८९ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटत्म प्रतिद्वन्द्वी रोहित प्रसाई १९९८५ मत प्राप्त गर्नुभयो । 

त्यस्तै उपमेयरमा एमालेका लक्ष्मी गौतमले २१८४२ मत प्राप्त गरी विजयी हुनुभयो भने कांग्रेसकी विमला ढकालले १८३५२ मत प्राप्त गरी विजयी हुनुभयो ।

२०५४ सालमा समेत इटहरी नगरपालिकाको मेयर र उपमेयरमा विजय हाँसिल गरेको एमाले २० वडा मध्ये ८ वडामामात्र विजय हासिल गरेको छ । मेयर र उपमेयरमा पराजय बेहोरेको कांग्रेसले ११ वडामा जित हाँसिल गरेको छ ।  एक वडामा भने लोकतान्त्रिक फोरमले जितेको छ ।

कांग्रेसले वडा १,३,६,७,८,११,१२,१५,१६,१७,२० जितेको छ भने एमालेले २,४,५,९,१३,१४,१८,१९ जितेको छ । फोरमले वडा नम्बर १० जितेको छ ।

इटहरीका १०२ निर्वाचित प्रतिनिधिमध्ये एमाले ५८ ले सिट हासिँल गरेको छ । त्यस्तै कांग्रेसले ४०,फोरमले ३ र माओवादी केन्द्रले १ प्रतिनिधि हात पारेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.