सत्तारुढ दल र राजपा नेताबीच बालुवाटारमा वार्ता
काठमाडौं : सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी (राजपा)का नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता हुँदै छ।
संविधान संशोधनको माग गर्दै निर्वाचन बहिष्कार गरेको राजपालाई सहमतिमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले वार्ताका लागि बोलाउनुभएको हो।
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन बहिष्कार गरेको राजपाले आफ्ना मागको सम्बोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ।
पछिल्ला केही दिन यता प्रधानमन्त्री देउवाले राजपाका शीर्ष नेतासंग एक्लै वार्ता गरेपनि शुक्रबार साँझ पाँच बजे भने सत्तारुढ दलका शीर्ष नेता बैठकमा सहभागी हुने बालुवाटार स्रोतले जानकारी दिएको छ।