राजापाको निर्णय गर्ने जिम्मा महन्थ ठाकुरलाई
काठमाडौं : तराईका विभिन्न दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको सम्पूर्ण जिम्मेवारी अध्यक्ष मण्डकालका नेता महन्थ ठाकुरलाई दिएको छ।
राजपालाई निर्वाचन आयोगमा अभिलेखिकरण गराउनका लागि आयोगमा निवेदन दिने लगायका सम्पूर्ण कार्य गर्ने जिम्मेवारी ठाकुरलाई दिइएको हो।
नेताहरु राजेन्द्र महतो, महेन्द्रप्रसाद यादव, शरदसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादवलगायत नेताले हस्ताक्षर गरेर निर्णय गर्ने अधिकार ठाकुरलाई दिएका हुन्।
निर्वाचन आयोगमा पार्टी दर्ताका विषयमा विवाद भएपछि शीर्ष नेताको सहमतिमा ठाकुरलाई जिम्मेवारी दिइएको विज्ञप्ति मार्फत् सार्वजनिक गरिएको छ।