सुनसान बगैचामा बसेर उङीराछ 'नारायणहिटी'
सुनशान बगैचामा बसेर उङीराछ
बकुला भगतमा एक टक
सिंहदरबार तिर हेरेर झुङीराछ
त्यो सत्ता त्यो शासन
त्यो रौनकता त्यो भब्य आशन
बिगतलाई सम्झेर बरबराउछ
बर्तमानमा बिउँझीदा घरबराउछ
निरस पोखरीमा उभिएर उङिराछ
सिंहदरबार तिर हेर्दै झुङीराछ ।
त्यो समय त्यो शक्ति
जनताको त्यो जयजयकार त्यो भक्ती
सम्झेर घुटुघुटु थुक निल्छ
मिठो त्यो कल्पना त्यो
छिनमै शितको थोपा झै बिल्छ
कराउदै कहिले यता कहिले उता हिल्छ
मानौ उसलाई घरीघरी बारुलाले चिल्छ
सिंहदरबारको शक्तिलाई फर्काउन अनेक सोच्छ
जनतालाई भटकाउन पनि खोज्छ
सिंहदरबारलाई अनेक आरोप पनि लाउछ
उसको बिरोधमा पैसोको खोलो पनि बगाउछ
तर सफलता हात नपरे पछी
एक्लै एक्लै गमेर उङीराछ
सिंहदरबार हेर्दै अजिङ्गर जस्तै झुङीराछ ।
आफ्नो अस्तित्व जोगाउन नारायणहिटी
पहाड चढ्छ तराइ झर्छ
कहिले मेची गर्छ कहिले काली गर्छ
किन भने उसलाई
आफ्नो ईतिहास मेटिने डर छ
सिंहदरबारलाई जिस्काउछ
जनतलाई उक्साउछ
तर कसैले साथ नदिए पछी
आफ्नै छाती चस्काउछ
उसलाई भेट्न अब त्यहा
न सचिब आउछन मन्त्री आउन्छन
न राजदुत न प्रधान मन्त्री आउछन
अझै लाग्दैन उसलाई
उसको शक्ती सिंहदरबार सर्याछ
त्यसैले बेला बेला नारायणहिटी
सिंह जस्तै गर्जिने गर्याछ ।
नारायणहिटी, तिम्रो बारे यहाँ अनेक हल्लाछ
तर तिमीलाई मेरो एउटा सल्लाह छ
अब तिमी ईतिहासलाई सजाएर बस्न जान
तिमीलाई हेर्न आउने जनतलाई
स्वागत गर्दै हास्न जान।