राजपाद्वारा निर्वाचन आयोगमा दल दर्ता

राजपाद्वारा निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले साता-१० दिनभित्र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका माग पूरा गर्ने बताउनुभएको छ। तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागिताका लागि निर्वाचन आयोगमा दल दर्ता गराएलगत्तै शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका राजपा नेतालाई प्रधानमन्त्री देउवाले यसरी आश्वस्त पार्न खोज्नुभएको हो।

‘तपाईंहरू विश्वस्त रहनुस्, हप्ता-दश दिनभित्र संविधान संशोधन, जनसंख्याका आधारमा क्षेत्र निर्धारण, मुद्दा फिर्ता, सहिद घोषणा, क्षतिपूर्ति दिनेलगायत तीनबुँदे सहमति कार्यान्वयन हुन्छ, गर्छु’, प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

कांग्रेस, माओवादी केन्द्र र राजपा लामो समयका लागि मित्र शक्ति भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘त्यसैले तपाईंहरूको माग चाँडोभन्दा चाँडो पूरा गर्नु मेरो जिम्मेवारी हो।’

प्रधानमन्त्रीको बारम्बारको प्रतिबद्धताप्रति टिप्पणी गर्दै राजपा नेता राजेन्द्र महतोले ‘भनाइ र गराइमा एकरूपता आउनुपर्ने’ बताउनुभएको थियो। ‘राजपाले मत दिएरै शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुभएको हो’, नेता महतोले भन्नुभयो, ‘तर, दोस्रो चरणको निर्वाचन बहिष्कार गर्छौं भन्दा मधेसी जनतामाथि लाठी, गोलीको वर्षा किन भन्ने प्रश्न राखेको थिएँ।’

आफूहरू उपस्थित मञ्चमा गोली ठोक्ने कार्य कसरी मित्रताको नमुना हुन सक्छ भन्ने महतोको प्रश्नमा देउवा नाजवाफ देखिनुभएको थियो। सप्तरी र वीरगन्जमा रहेका एसपीलाई फिर्ता बोलाएकोमा राजपाले असन्तुष्टि जनाएको थियो।

कांग्रेस नेता विमलेन्द्र निधिले माओवादी, राजपा र कांग्रेसबीच संविधान संशोधनका विषयमा छलफल भएको जानकारी गराउनुभयो। ‘भोलि (शनिबार) अन्य दलसँग छलफल हुन्छ’, उहाँले भन्नुभयो।

राजपा आयोगमा
विधान विवाद अन्त्य भएपछि राजपाले शुक्रबार अपराह्न निर्वाचन आयोगमा दल दर्ता गराएको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको उपस्थितिमा राजपाले दल दर्ता गरेको हो। आयोगमा राजपाको दर्ता नम्बर ‘८३६६÷२०७४—०३—२३’ गते छ।

दल दर्ताका लागि आएका राजपा अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतो, महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र अनिलकुमार झालाई प्रमुख निर्वाचन आयुक्त यादवले स्वागत गर्नुभएको थियो। राजपाका ६ शीर्ष नेताले हस्ताक्षर गरी बुझाएको विधानसहितको दल दर्तासम्बन्धी निवदेनमाथि आयोगले यथाशिघ्र कारबाही अघि बढाउने प्रमुख आयुक्त यादवले बताउनुभयो।

पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको अध्यक्षमण्डलको बैठकमा सहमति भएपछि आयोगमा दल दर्ताको निवेदन दिइएको जानकारी नेता जितेन्द्र सोनालले दिनुभयो।

उहाँले भन्नुभयो, ‘दल दर्ता भएपछि राजपालाई निर्वाचनमा सहभागी गराउने÷नगराउने दायित्व सरकारको हो। राज्यले अब के कसरी राजपालाई प्रदेश नम्बर २ को निर्वाचनमा सहभागी गराउँछ, त्यो हेर्न बाँकी छ।’ राजपा संविधान संशोधनलगायत तीनबुँदे माग पूरा नभए निर्वाचनमा सहभागी हुन नसक्ने सोनालले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.