श्रृंखला भारतको पोल्टामा

श्रृंखला भारतको पोल्टामा

एजेन्सी/जमैका: भारतले पाँचौं तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको छ । जितसँगै भारतले पाँच खेलको शृंखला पनि ३-१ ले आफ्नो पक्षमा पारेको छ ।

टस जिती पहिले ब्याटिङ रोजेको घरेलु टोली वेस्ट इन्डिजले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय पाँच रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले ३६.५ ओभरमै केवल दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

भारतको जितमा कप्तान विराट कोहलीले अविजित एक सय ११ रनको योगदान गरे । उनले एक सय १५ बलको सामना गरी दुई छक्का र १२ वटा चौका पनि प्रहार गरे । ८४ रनको कुल स्कोरमा दुवै ओपनर ब्याट्सम्यानलाई गुमाएपछि कोहली र दिनेश कार्तिकले भारतलाई लक्ष्यसम्म पुर्‍याएका थिए । कार्तिकले पनि अविजित ५० रन बनाए । कोहलीलाई गतिलो साथ दिएका कार्तिकले ५२ बलको सामना गरी पाँच चौका हिर्काए ।

त्यसअघि ओपनर ब्याट्सम्यान अजिनक्या राहाने ३९ र शिखर धवन चार रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए । क्यारेबियन बलर अल्जारी जोसेफ र देवेन्द्र बिसुले एक÷एक विकेट लिए । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि विकेटकिपर ब्याट्सम्यान साई होपले सर्वाधिक ५१ रन बनाएका थिए । ओपनर कायल होपले पनि ४६ रन जोडेका थिए । जासन होल्डरले ३६ रन थपे भने रवम्यान पोवेलले ३१ रन बनाए ।

भारतीय टोलीका बलर मोहम्मद सामी एक्लैले चार विकेट हात पारे । उमेश यादवले तीन विकेट लिए भने हार्दिक पाण्डेय र केदार जादबले एक÷एक विकेट हात पारे । उक्त खेलमा कोहली म्यान अफ दी म्याच घोषित भए । म्यान अफ दी सिरिजको पुरस्कार पनि भारतीय टोलीकै अजिनक्या राहानेले पाए । आगामी आइतबार भारत र वेस्ट इन्डिजबीच एकमात्र टीट्वेन्टी खेल खेलिनेछ ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.