पदम सुन्दासलाई राजदूत बनाएवापत प्रचण्ड अभिनन्दित

पदम सुन्दासलाई राजदूत बनाएवापत प्रचण्ड अभिनन्दित

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी र जनयुद्ध नभएको भए महिला, दलित, जनजाति, मधेशी लगायतका समुदाय अपमानित भइरहनुपर्ने स्थिति हुने बताउनु भएको छ ।


दलित अगुवा पदम् सुन्दासलाई बहराइनको राजदूतमा नियुक्त गरेकोमा अध्यक्ष प्रचण्डलाई अभिनन्दन गर्न परियार सेवा समाजले कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा बोल्दै प्रचण्डले भन्नुभयो, ‘पुरानो समाज र राजनीतिक दलहरु दलित, महिला, जनजाति, मधेशी लगायतका उत्पीडितहरुलाई मान्छे नै मान्दैनथे । माओवादीले उत्पीडितहरुको अधिकारको कुरा गर्दा निकै ठूलो विरोध गरियो । माओवादीले जनयुद्ध नलडेको भए र उत्पीडितहरुको पक्षमा संघर्ष नगरेको भए क्षमता भएर पनि उनीहरु राज्यको नीति निर्माणको अधिकारबाट बिमूख हुन्थे । समाजमा यति ठूलो परिवर्तन आइसक्दा पनि अझै राज्य र राज्य संयन्त्र दलितहरुप्रति सकारात्मक हुन सकेको छैन ।’


अध्यक्ष प्रचण्डले आफू निरन्तर उत्पीडितहरुको पक्षमा रहेको बताउनु भयो । प्रचण्डले भन्नुभयो, ‘म निरन्तर उत्पीडितहरुको पक्षमा छु । म र मेरो पार्टीको निरन्तरको प्रयास र संघर्षपछि महिला नै राष्ट्रपति, प्रधानन्यायाधीश र सभामूख हुनुभएको छ । गणतन्त्र आएपछि संसदमा ठूलो संख्यामा उत्पीडित समुदायका प्रतिनिधिहरु आउनुभयो । अहिले पदम् सुन्दासजी राजदूत हुनुभएको छ । यो पनि माओवादी पार्टीको उत्पीडित जाति र समुदायप्रतिको प्रतिवद्दताको प्रतिफल नै हो ।’

कार्यक्रममा प्रचण्डले जनुयद्धमा दलितहरुको ठूलो संख्यमा बलिदानी नगरेको भए नेपालमा गणतन्त्र स्थापना नै चुनौतिपूर्ण हुने बताउनु भयो । परियार सेवा समाजका अगुवाहरुले नेपालमा गणतन्त्र स्थापना गर्न, समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न, दलित लगायतका उत्पीडित जाति र समुदायलाई नीति निर्माणको तहमा लैजान विशेष भूमिका खेलेको भन्दै अध्यक्ष प्रचण्डलाई अभिनन्दन गरेको थियो । कार्यक्रममा राजदूत पदम् सुन्दासलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.