पाकिस्तानद्वारा भारतीय अधिकारीसँग सोधपुछ

पाकिस्तानद्वारा भारतीय अधिकारीसँग सोधपुछ

इश्लामावाद (पाकिस्तान) : पाकिस्तानले भारतीय पक्षले सिमा क्षेत्रमा गोली चलाउँदा दुई पाकिस्तानी नागरिकको ज्यान गएको भनी यसबारे सोधपुछ तथा विरोध जनाउन भारतीय अधिकारीलाई बोलाइएको इश्लामावादले शनिबार जनाएको छ।

यसअघि पाकिस्तानी सेनाले काश्मिर क्षेत्रमा रहेको भारत–पाकिस्तानको अन्तर्राष्ट्रिय सिमारेखाभित्र भारतीय सेनाको गोली लागी दुई पाकिस्तानी नागरिकको ज्यान गएको जनाएको थियो ।

पाकिस्तानको विदेश मन्त्रालयका दक्षिण एसियाली शाखाका महानिर्देशक मोहम्मद फैसलले भारतीय उप उच्च आयुक्त जे. पी. सिंहलाई बोलाएर सिमा क्षेत्रमा भएको उक्त घटनाको निन्दा गर्नुभएको पाकिस्तानी पक्षले जनाएको छ।

काश्मिरको चिरीकोट र सतवाल खण्डमा शनिबार विहान भएको युद्धविराम उल्लङ्घनको घटनाले हिंसा भड्काउन सक्ने भनी भारतीय अधिकारी सिंहलाई जनाइएको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

भारतीय पक्षको गोली लागी सतवालका २२–बर्षीय एक यूवती र टेट्रीका एक युवकको ज्यान गएको र तीन जना अन्य घाइते भएका जनाइएको छ ।

“जानाजान पाकिस्तानी सर्वसाधारणमाथिको आक्रमण मानवीय प्रतिष्ठामाथि तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको उल्लङ्घन भएको छ,” पाकिस्तानले भेटका क्रममा भारतीय अधिकारीलाई जानकारी गरायो ।

पाकिस्तान र भारतले सिमाक्षेत्रमा तनाव कम गर्न सन् २००३ देखि युद्धविरामको घोषणा गरेका छन् तर दुवैले बेलाबखत युद्धविराम उल्लङ्घन गरेको भनी अरोप लगाउदै आएका छन् ।

महानिर्देशक फैसलले युद्धविरामका सम्मान गर्न र शनिबार तथा अन्य विभिन्न समयमा भारतीय पक्षबाट भएका उल्लङ्घनका घटनालाई अनुसन्धान गरी सिमाक्षेत्रमा सम्झौता अनुरूप शान्ति कायम गर्न आग्रह गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

फैसलले संयुक्त राष्ट्रसङ्घ सैनिक अनुगमन समूहलाई राष्ट्रसङ्घ सुरक्षा परिषद् सङ्कल्प प्रस्ताव बमोजिम अनुगमनका लागि अनुमति दिन भारतीय पक्षसँग जोडदार राखेको बताउनुभयो ।

भारत–पाकिस्तानको सिमाक्षेत्रमा गत बर्ष सेप्टेम्बरमा भारतीय पक्षबाट १९ जना सैनिक मारिएपछि यस क्षेत्रमा पटक पटक तनाव उत्पन्न हुँदै आएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.