'कांग्रेस र माओवादीलाई असारे हिलोमा पछार्‍यौँ'

'कांग्रेस र माओवादीलाई असारे हिलोमा पछार्‍यौँ'

धनकुटा : एमाले अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सत्ता गठबन्धन (कांग्रेस-माओवादी) लाई स्थानीय तहको निर्वाचनमा असारको हिलोमा पछारेको दाबी गर्नु भएको छ।

स्थानीय तह निर्वाचनमा विजयी जनप्रतिनीधिलाई बधाई तथा शुभकामना दिन धनकुटामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले निर्वाचनमा सत्ता गठबन्धनलाई चुनावी मैदानमा पछार्न एमाले सफल भएको दाबी गर्नु भएको हो।

सत्ता गठबन्धनलाई ओभानो जमिनमा पछार्ने चाहना भएको तर असारमा चुनाव भएकाले हिलोमा पछारेको दाबी ओलीको छ। ‘हामी कांग्रेस र एमालेलाई ओभानो जमिनमा पछार्न चाहन्थ्यौं। तर, बर्षामा चुनाव गरेकाले असारे हिलोमा पछार्‍यौँ’, ओलीले भन्नुभयो।

स्थानीय तह निर्वाचनमा विजयी जनप्रतिनीधिलाई बधाई तथा शुभकामना दिँदै ओलीले सबै तहमा जित हासिल गरेर धनकुटा राजनीतिक राजधानी बनेको समेत बताउनु भएको छ। उहाँले घुमाउरो पारामा धनकुटालाई प्रादेशिक राजधानी बनाउन कोशिस गर्ने समेत उल्लेख गर्नु भएको छ।

ओलीले एमाले संसदमा प्रतिपक्ष भएपनि स्थानीय तहमा सत्ता पक्ष भएको दाबी गर्दै भन्नुभयो, ‘अहिलेको संरचनामा सत्तापक्ष भनेको सिंहदबार होइन, अधिकार सम्पन्न स्थानीय तह हो।’

एमालेमाथि लाग्ने गरेको जनजाती, मधेसी विरोधीको आरोपको खण्डन गर्दै अध्यक्षले ओलीले भन्नुभयो, ‘नेकपा एमालेले जाति, भूगोल, धर्मको राजनीति गर्दैन। देश विकासको मात्रै राजनीति गर्छ।’

कार्यक्रममा एमालेका सचिव प्रदिप ज्ञावली, भीम आचार्य, केन्द्रीय सदस्य हिक्मत कार्की र सूर्य थापा, काठमाडौंका पूर्वमेयर केशव स्थापित लगायतले बोल्नु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.