‘भारत-इजरायल यति नजिकिन्छन् भन्ने सोचेकै थिइनँ

‘भारत-इजरायल यति नजिकिन्छन् भन्ने सोचेकै थिइनँ

सन् १९७० को दशकताका मैले सपनामा पनि भारत-इजरायल यति नजिकिन्छन् भन्ने चिताएको थिइनँ । त्यस बेला दुई देशबीच आपसी सम्बन्धबारे निकै विरोधाभाष थियो । त्यसबेला मलाई सबैभन्दा धेरै आश्चर्य त्यतिबेला भयो, जतिबेला हाम्रा हिन्दु दाजुभाइ नै ‘इजरायल अमेरिकाको पिठ्ठु हो, ऊसँग किन सम्बन्ध गाँस्ने ? इजरायलसँग सम्बन्ध जोडे अस्थिरता बढ्छ' भन्थे । त्यसबेला हामीले इजरायलसँग नजिकिन खोजेको भनेर सबै हाम्रो विरोध गर्थे ।

सन् १९७७ मा जब जनता पार्टीको सरकार गठन भएपछि हाम्रो पार्टीका समेत केहीले इजरायलसँग सम्बन्ध जोड्न हतारिनु नहुने जिकिर गरेका थिए । त्यहीबेला मैले इजरायली फिलहार्मोनिक अर्केस्ट्राका कन्डक्टर जुबिन मेहतालाई आमन्त्रण गरें र उनी भारत आउन तयार भए पनि । तर तत्कालीन विदेशमन्त्री अटलबिहारी वाजपेयीले उनी भारत आए २५ अरब राष्ट्र रिसाउँछन् भन्नुभयो ।

प्रधानमन्त्री मोरारजी देसाई र चन्द्रशेखर पनि मेहतालाई बोलाउन सहमत भए पनि वाजपेयी सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो घटकका नेता हुनुहुन्थ्यो र उहाँको बोली बिक्थ्यो । उहाँले मेहताको कार्यक्रम हुन दिनु भएन । मोरारजी देसाईले मोसे दयान (इजरायलका पूर्व रक्षामन्त्री र विदेशमन्त्री) लाई पनि गोप्य रुपमा भारत बोलाउनु भयो । यो पनि एउटा संकेत हो कि उहाँ मोसे दयानलाई औपचारिक रुपमा निमन्त्रण गर्न तयार हुनुहुन्नथ्यो भन्ने । मोसे दयान छद्म नाममा भारत आउनुभयो, उहाँसँग सबैको वार्ता भयो । तर उहाँ गइसकेपछि वाजपेयीले पत्रकारसँग भन्नुभयो, ‘होइन, होइन । यस्तो कुनै बैठक भएको छैन ।' जबकि बैठकमा वाजपेयी उपस्थित हुनुहुन्थ्यो ।

सन् १९८१ मा म संसदमा जनता पार्टीको उपनेता थिएँ । त्यसैबेला इजरायली प्रधानमन्त्री मेनाहिम बेगिनले मलाई भ्रमणको निम्तो पठाउनुभयो । त्यतिखेर पनि संसदमा ठूलै होहल्ला भयो । प्रधानमन्त्री इन्दिरा गान्धीले मसँग भन्नुभयो, ‘तपाईं इजरायल नजानुहोस् । यसले ठूलो असमझदारी उत्पन्न हुनेछ ।' तर म इजरायल गएँ । यसपछि भने देशमा इजरायलप्रति धारणा फेरिन थाल्यो ।

सन् १९९० मा म चन्द्रशेखर सरकारमा वरिष्ठ मन्त्री थिएँ । हामीले इजरायलसँग सम्बन्ध गाँस्ने प्रक्रिया सुरु गर्‍यौं र पीवी नरसिंहरावले पूरा गर्नुभयो ।
इजरायलसँग मैत्री सम्बन्ध गाँस्नमा मेरो भावनाको मुख्य भूमिका थियो । हार्भर्डमा अध्ययन गर्दा मेरा सबै प्राध्यापक यहुदी थिए । उनीहरूले मेरो करियर बनाउन त्यसरी नै सघाए जसरी एउटा बाबुले छोरालाई गर्छ । त्यसमाथि मैले यहुदीहरूमाथि धेरै भेदभाव भएको पनि देखें । भारत एउटा मात्र त्यस्तो देश थियो, जहाँ यहुदीको नरसंहार भएन । इन्टेलिजेन्स (जासुसी) र इलेक्ट्रोनिक्समा उनीहरूले गरेको विकासबाट पनि म धेरै प्रभावित थिएँ ।

इजरायलका लागि पहिलो भिसा सन् १९८९ मा मेरै घरबाट जारी भएको थियो । वीपी सिंह नेतृत्वको सरकारमा इन्द्रकुमार गुजराल विदेशमन्त्री हुनुहुन्थ्यो र उहाँ इजरायलविरुद्ध हुनुहुन्थ्यो । भारतमा इजरायलको सानो कन्सुलेट थियो । उनीहरू पत्रकारलाई इजरायल भ्रमण गराउन चाहन्थे । तर पत्रकारहरू भिसा लिन मुम्बई जान तयार थिएनन् । इजरायली अधिकारीहरूले दिल्लीमै आएर भिसा दिने तय गरे । यसबारे सूचना दिँदा विदेश मन्त्रालयले उनीहरू दिल्ली आउन नमिल्ने भन्यो । यसपछि विदेशमन्त्री गुजरालसँग कुराकानी गरेर मैले इजरायली कन्सुलेटका अधिकारीहरूसँग भनें कि उनीहरू मेरो घरमा आएर भिसा जारी गर्न सक्छन् । इजरायली अधिकारीहरूले घरको छतमा इजरायलको झन्डा फहराउनुपर्ने बताए । यसपछि मेरो घरको एकापट्टि भारतको र अर्कोपट्टि इजरायलको झन्डा फहराएर भिसा जारी भयो ।

अहिले इजरायल भ्रमणमा प्रधानमन्त्री नरेन्द्र मोदीले संकेत दिइरहनुभएको छ कि अब भारतले राष्ट्रहितमा इजरायलसँग मैत्री सम्बन्ध राख्नेछ । हामीले देशको सुरक्षाको दृष्टिकोणबाट जे ठीक हुन्छ, त्यही गर्नुपर्छ । हामीलाई जसले साथ दिन्छन्, हामी पनि उनीहरूलाई नै साथ दिन्छौं भन्ने संकेत प्रधानमन्त्री मोदीले दिइरहनुभएको छ ।

प्रधानमन्त्री मोदी प्यालेस्टाइन जाँदै हुनुहुन्न । र, त्यहाँ जानुपर्ने आवश्यकता पनि के नै छ र ? प्यालेस्टाइन हमासको पकडमा छ, जसको मूल मन्त्र नै इजरायल ध्वस्त पार्नु छ । इजरायल हामीलाई धेरै सहयोग गर्छ । प्यालेस्टाइन कास्मिर मामिलामा आलटाल गर्छ र हाम्रो पक्षमा बोल्दैन । यस्तोमा हामी इजरायल र प्यालेस्टाइन दुवैसँग कसरी समान व्यवहार गर्न सक्छौं ? (साभार बीबीसी)


सन् १९९० मा म चन्द्रशेखर सरकारमा वरिष्ठ मन्त्री थिएँ । हामीले इजरायलसँग सम्बन्ध गाँस्ने प्रक्रिया सुरु गर्‍यौं र पीवी नरसिंहरावले पूरा गर्नुभयो ।
प्यालेस्टाइन कास्मिर मामिलामा आलटाल गर्छ र हाम्रो पक्षमा बोल्दैन । यस्तोमा हामी इजरायल र प्यालेस्टाइन दुवैसँग कसरी समान व्यवहार गर्न सक्छौं ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.