धार्मिक पर्यटनको केन्द्र बन्दै गलेश्वरधाम

धार्मिक पर्यटनको केन्द्र बन्दै गलेश्वरधाम

बेनी : मुक्तिनाथ मन्दिरको प्रवेशद्धार मानिने म्याग्दीको मुख्य धार्मिकस्थल गलेश्वरधाम धार्मिक पर्यटनको केन्द्र बन्दै गएको छ । स्वदेश तथा विदेशबाट बर्सेनि हजारौं धार्मिक पर्यटक आउन थालेपछि गलेश्वरधाम धार्मिक पर्यटनको 'हब' बन्दै गएको हो ।

बेनीबजारभन्दा तीन किलोमिटर उत्तरमा पर्ने गलेश्वरधाम पवित्र गंगा कालीगण्डकी तटमा रहेको विशाल चक्रशीलामाथि अवस्थित छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको चुस्त व्यवस्थापनका कारण तीव्र गतिमा भौतिक संरचनाको विकास, छिटोछरितो पूजापाठको व्यवस्था, भक्तजनमैत्री वातावरण र नियमित सरसफाइले गलेश्वरधाम धार्मिक पर्यटकका लागि आकर्षक केन्द्रविन्दु बन्दै गएको हो ।

मुक्तिनाथ मन्दिर दर्शन र कागबेनी स्नानका लागि सडकमार्ग हँदै आउने स्वदेशी तथा छिमेकी देश भारतका अधिकांश पर्यटक गलेश्वरधाम दर्शन गरेरै फर्कने गरेका छन् । बेनी–जोमसोम सडकखण्डअन्र्तगत पर्ने भएकाले पनि भक्तजनलाई दर्शन र पूजापाठ गर्न सहज छ । एक वर्षमा गलेश्वरधाममा एक लाख ७० हजार भक्तजनले दर्शन गरेको कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो । 'यो अघिल्लो वर्षभन्दा बढी हो, यहाँ आउने धार्मिक पर्यटक स्वदेशी, विदेशी दुवै छन्', उहाँले भन्नुभयो, 'मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्धारसमेत भएकाले यसको महत्व बढेको छ ।'

कोषका अनुसार सबैभन्दा धेरै पर्यटक साउनमा ५० हजार, भदौमा आठ हजार, असोजमा १३ हजार, मंसिरमा ४५ हजार, माघमा १० हजार, फागुनमा १८ हजार, चैतमा १० हजार, वैशाखमा आठ हजार र जेठमा तीन हजारले गलेश्वरधाम दर्शन गरेका छन् । पुसमा सबैभन्दा कम २५ सय मानिसले गलेश्वर दर्शन गरेको तथ्यांक छ । गलेश्वरमा देशका माथिल्लो ओहदामा पुगेका उच्चपदस्थ सरकारी अधिकारीदेखि छिमेकी देश भारतबाट पनि भक्तजन दर्शन गर्न आउने गरेको कोषले जनाएको छ ।

'म्याग्दीका साथै पर्वत, बागलुङ, चितवन, कास्की, तनहँ, काठमाडौं, झापा, सुनसरीबाट भक्तजन दर्शनका लागि बढी आउने गरेका छन् । दसैं र चैतेदसैंमा भारतीय भक्तजन बढी हुन्छन्', अध्यक्ष केसीले थप्नुभयो । गलेश्वरमा तीर्थालुहरूले मन्दिरमा चढाएको भेटी तथा सरकारी अनुदानबाट चालू आर्थिक वर्षमा ७९ लाख ४४ हजार ७८४ रुपैयाँ आम्दानी भएको कार्यालय सचिव राम बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै साउन महिनामा १३ लाख ५१ हजार ६३९ रुपैयाँ भेटी संकलन भएको छ ।

कोषले पछिल्लो तीन वर्षमा सुविधासम्पन्न सत्संग भवन, वृद्धा श्रम, वृद्धवृद्धाका लागि हेल्थ सेन्टर, बहुउद्देश्यीय पार्कजस्ता भौतिक संरचना निर्माण गरिसकेको छ । 'भक्तजनको सुरक्षाका लागि मन्दिर परिसरमा आठवटा सीसी क्यामेरा जडान गरेका छौं, बैकल्पिक रूपमा सोलार प्यानलबाट २० भन्दा बढी बत्ती जडान गरेका छौं', अध्यक्ष केसीले भन्नुभयो, 'सबैको सहयोग र सद्भावले नै गलेश्वरधामको विकास भएको हो ।'

मुक्तिनाथ मन्दिर दर्शन र कागबेनी स्नानका लागि आउने स्वदेशी तथा छिमेकी देश भारतका अधिकांश पर्यटक गलेश्वरधाम दर्शन गरेरै फर्कने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.