दार्जिलिङमा हिंसापछि पवन चाम्लिङसँग गृहमन्त्री सिंहको परामर्श
काठमाडौं : भारतीय गृहमन्त्री राजनाथ सिंहले सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङसँग दार्जिलिङको सुरक्षा अवस्थाका बारेमा परामर्श गर्नु भएको छ । आफूले चाम्लिङसँग सिक्किम र छिमेकी राज्य पश्चिम बंगालको सुरक्षा स्थितिका बारेमा छलफल गरेको गृहमन्त्री सिंहले जानकारी गराउनु भएको छ ।
गृहमन्त्री सिंहले चाम्लिङसँगको छलफलपछि गृहसचिवलाई पश्चिम बंगालमा ट्राफिक व्यवस्थापन सुचारु गराउन पश्चिम बंगाल प्रशासनसँग समन्वय गर्न पनि निर्देशन दिएको टवीट गर्नु भएकोछ । ‘राज्यका जनताको सुरक्षाका लागि संभव सबै उपाय अवलम्बन गर्न केन्द्र सरकारले सुनिश्चिता प्रदान गरेको छ ’गृहमन्त्री सिंहले टवीटमा लेख्नु भएको छ ।
नेपाली भाषा बहुल भारतको पश्चिम बंगालको दार्जिलिङमा शुक्रबार र शनिवार प्रहरीको गोली लागेर तीन जना आन्दोलनकारीको मृत्यु भएपछि त्यहाँ हिंसात्मक गतिबिधिमा बृद्धि भएको छ । आन्दोलनकारीको आक्रोशित भिडले दार्जिलिङवासीले प्रदर्शन गरेका छन् ।