कतार र वेलायत प्रतिआतंकवादमा समन्वय गर्न सहमत
काठमाडौं: कतार र वेलायत प्रतिआतंकवादमा आपसी समन्वय गर्न सहमत भएका छन् । कतारका राजा शेख तामिम वीन हमाद अल थानी र
वेलायती विदेश मन्त्रालयका सचिव बोरिस जोह्न्सन वीच कतारमा भएको भेटवार्तामा प्रतिआतंकवादमा समन्वय गर्न सहमत भएका हुन।
अलजजीरा अनलाइनका अनुसार जोह्न्सनले थानीसँग कतार र खाडी मुलुक वीच देखिएको संकटका वारेमा पनि छलफल गर्नु भएको थियो ।जोह्न्सनले कतारी विदेशमन्त्री शेख मोहम्मद वीच अब्दुलरहमान अल थानीसँग शनिवार भेटवार्ता गर्नु भएको थियो ।
कतार र कतार माथि नाकावन्दी लगाउने साउदी अरव नेतृत्वको चार मुलुकका वीचमा मध्यस्थता गर्दैै आएको कुवेतकाका परराष्ट्रमन्त्रीसँगको भेटमा जोह्न्सनले कतार र अन्य खाडी मुलुकका वीचमा देखिएको संकट वार्ताका माध्यमबाट समाधान हुनु पर्नेमा जोड दिनु भएको छ ।
वार्ताका लागि कुवेतले चालिरहेको कदमको समर्थन गर्दै जोह्न्सनले संकट समाधान हुनेमा आशा व्यक्त गर्नुभयो । ‘तर यो राता रात समाधान हुने छैन’ जोहन्सनले भन्नुभयो ।
कतार र साउदी नेतृत्वको चार मुलुक वीच हालसम्म प्रत्यक्ष भेट भएको छैन । उनीहरुका साझा मुद्दाहरु वीचमा सहमति खोज्न र दुवै पक्षका वीच सैन्य समाधान नखोज्न जोह्न्सनले सुझाव दिनुभएको छ । ‘हामी कुवेती मित्रलाई सहयोग गर्दै काम गरिरहेका छौ ’जोह्न्सनले भन्नुभयो ।