विराटनगर महानगरमा कांग्रेसको विजय जुलुस (फोटोफिचर)
विराटनगर : विराटनगरमा महानगरपालिकामा जित हासिल गरेको नेपाली कांग्रेसले आइतबार पार्टीका केन्द्रीय नेताको सहभागितामा विजय जुलुस निकालेको छ।
कांग्रेसले आइतबार भव्य विजय जुलुस निकालेर नगर परिक्रमा गरेको हो। विजयी जुलुसमा सहभागी हुन बिहानै पूर्वगृहमन्त्री तथा नेता विमलेन्द्र निधि विराटनगर आई पुग्नु भएको छ।
विजय जुलुसमा कांग्रेसबाट मेयरका विजेता भीम पराजुली, उपमेयर इन्दिरा कार्कीसहित केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल सांसद रामहरि खतिवडा पनि सहभागी हुनुभयो।
सर्वसाधारण तथा कांग्रेस समर्थकको निकै राम्रो सहभागितामा कोइराला निवासबाट निकालिएको जुलुसले विराटनगरको मुख्य क्षेत्र हुँदै नेपाल भारत सीमाको जोगबनीसम्म पुगेको छ। दिउँसो हुने विजय सभामा केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।