उपत्यकामा नयाँ सहर निर्माण गर्न स्थानीयको योगदान बढी

उपत्यकामा नयाँ सहर निर्माण गर्न स्थानीयको योगदान बढी

काठमाडौं : काठमाडौंमा नयाँ सहर निर्माणका क्रममा भौतिक पूर्वाधार निर्माणमा सरकारले खर्चिने रकमभन्दा स्थानीयको योगदान चार गुणा बढी हुने भएको छ । उपत्यकाका चारवटै दिशामा बनाउन लागेका नयाँ स्याटेलाइट सहर निर्माणमा सरकारले गर्ने सीमित योगदानको तुलनामा स्थानीयले दिने जग्गा तथा अन्य योगदान चार गुणा बढी हुने भएको हो । नयाँ सहर निर्माण निजी सार्वजनिक साझेदारी मोडेलमा निर्माण हुने उपत्यका विकास प्राधिकरणका सहरी विकास योजनाकार भागवतभक्त खोखालीले बताउनुभयो । उहाँका अनुसार सरकारले विस्तृत सम्भाव्यता अध्ययन र आवश्यक भौतिक पूर्वाधारमा योगदान गर्छ ।

स्थानीयले ४० प्रतिशतसम्म जग्गाको योगदान, पीपीपी मोडेलमा पूरा गर्नुपर्ने दायित्व र अन्य गरी चार गुणा बढी योगदान दिनुपर्ने खोखालीले अन्नपूर्णसँग बताउनुभयो । नयाँ सहर निर्माणका लागि विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) तत्काल सुरु गरी सरकारले यी क्षेत्रमा करिब एक लाख ३० हजार रोपनी जग्गा रोक्का राखेको छ । किनबेच गर्न पाइने भए पनि नयाँ भौतिक संरचना निर्माण र कित्ताकाट गर्न नपाइने गरी जग्गा रोक्का राखेको प्राधिकरणले जानकारी दिएको छ ।

नयाँ सहर निर्माण हुने काठमाडौंको उत्तर-पूर्वी क्षेत्रमा सबैभन्दा बढी जग्गा रोक्का छ । यो क्षेत्रमा एक लाख रोपनी र अन्य तीन सहर काठमाडौंबाट पूर्व-दक्षिण, दक्षिण-पश्चिम र उत्तरी क्षेत्रमा भने १०/१० हजार रोपनी जग्गा रोक्का छ ।

भूकम्पपीडित र मोहीलाई छुट

घरबासै उठ्ने भूकम्पपीडितलाई घर बनाउन सरकारले घरको डिजाइन र क्षेत्रफल तोकेर नयाँ घर बनाउन दिने तयारी गरेको छ । प्राधिकरणका अनुसार भूकम्पपीडितको बासै उठ्ने र हरेक १०/१० वर्षमा छुट्याइने मोहीको समय अहिले नै परेकाले पनि यसलाई सहजीकरण गर्ने गरी प्राधिकरणले मन्त्रिपरिषद्मार्फत निर्णय गराउने गरी प्रस्ताव पेस गर्ने भएको छ ।

डेढ वर्षभित्रै डीपीआर तयार

जग्गाको कित्ताकाट र थप भौतिक संरचना निर्माण गर्दा व्यवस्थित सहर तथा सडक बनाउँदा असहज हुने भएकाले जग्गा रोक्का गरेर आवश्यक प्रक्रिया अगाडि बढाउन थालेको खोखालीले बताउनुभयो । उहाँका अनुसार आगामी डेढ वर्षभित्रै चारवटै सहरको डीपीआर बन्नेछ । डीपीआर निर्माणका लागि एउटा सहरमा कम्तीमा ६ वटा कम्पनीको सूची तयार भएको छ । यसमध्येबाट आर्थिक र प्राविधिक प्रस्ताव उपयुक्त हुने गरी १/१ कम्पनी छनोट हुनेछ ।

१० हजार रोपनी क्षेत्रफलको डीपीआर तयार गर्न एक वर्ष र एक लाख रोपनी जग्गाको डीपीआर भने १५ महिनाभित्रै तयार गर्नु पर्ने छ । नेपाली ठेकेदारका लागि ३० दिने र विदेशी ठेकेदारका लागि ४५ दिने सूचना दिएर प्रस्ताव आह्वान गरी उपयुक्त कम्पनी छनोट गर्नुपर्ने भएकाले पनि एक वर्षदेखि १५ महिनाको कामका लागि डेढ वर्ष समय लाग्ने खोखालीको भनाइ छ ।

देश संघीयतामा गइसकेको र आवश्यक प्रशासनिक क्षेत्रका लागि पहिले नै जग्गा छुट्याउनुपर्ने भएकाले ३५ देखि ४० प्रतिशतको योगदान स्थानीयबाट हुनेछ । इन्फो उपत्यकाका चारवटै दिशामा बनाउन लागेका नयाँ स्याटेलाइट सहर निर्माणमा सरकारले गर्ने सीमित योगदानको तुलनामा स्थानीयले दिने जग्गा तथा अन्य योगदान चार गुणा बढी हुने भएको हो ।

१० हजार रोपनीका तीनवटा सहरको डीपीआर तयार गर्न २/२ करोड र एक लाख रोपनीको एउटा सहरको लागि १२ करोड रुपैयाँसम्मको प्रस्ताव स्वीकार गरिनेछ । यसबाट भौतिक संरचना निर्माण, घर तथा जग्गाको क्षत्रफल र लागतसहितको पूर्ण विवरण आउनेछ । तीन वर्षका लागि जग्गा रोक्का गरिएको भए पनि डीपीआर तयारपछि सरकारले जग्गा अधिग्रहण गर्नेछ । जग्गा अधिग्रहण गरेर आवश्यक सडक तथा भौतिक पूर्वाधार बनाएर स्थानीयलाई व्यवस्थित बस्तिसहितको जग्गा फिर्ता गर्न कम्तीमा अर्को दुई वर्ष लाग्ने बताइएको छ ।

४० प्रतिशतसम्म जग्गा योगदान

नयाँ सहर बनाउन सरकारले स्थानीयबाट बराबार मात्रामा जग्गाको योगदान गराउनेछ । हरेक टोल/समूदायको बिचमा पाँच प्रतिशत खाली जग्गा हुनुपर्ने, ८, ११, २२ र ५० मिटरको बाटोलाई स्थानीयले समान रूपमा योगदान गर्नुपर्ने, बस टर्मिनल पनि राख्ने गरी जग्गा छुट्याइनेछ । देश संघीयतामा गएकाले आवश्यक प्रशासनिक क्षेत्रका लागि पहिले नै जग्गा छुट्याउनुपर्ने भएकाले ३५ देखि ४० प्रतिशतको योगदान स्थानीयबाट हुने खोखालीको भनाइ छ । नयाँ सहरका लागि प्लानिङ भएर स्थानीयलाई नै जग्गा फिर्ता हुने भएपछि हरेक बस्ती व्यवस्थित हुनेछ । जग्गाको उच्च मूल्य पाइनेछ भने अस्पताल, कलेज, आवासीय क्षेत्र, बाटो, खानेपानी, बिजुलीलगायतका सम्पूर्ण सुविधा हुने दाबी प्राधिकरणको छ । जग्गा फिर्ता पनि तोकिएको मापदण्ड वा योगदानअनुसार गरिने र जग्गा नहुनेले पनि आवश्यक लागत व्यहोनुपर्ने हुन्छ ।

स्थानीयका समस्या

जग्गा रोक्का भएका चारवटै सहरमा खानेपानी, ढल विकास, बाटो निर्माण र अन्य व्यापारिक प्रयोजनका संरचना बनाउन नपाउने हुँदा स्थानीय समस्यामा पर्ने बताइएको छ । अल्पकालीन समस्याले दिर्घकालीन लाभ लिन सकिने हुनाले समस्यालाई सामान्यीकरण गर्नुपर्ने खोखालीको बुझाइ छ । जग्गा रोक्का भएपछि घरजग्गा व्यवसायीको गतिविधिमा पनि कम आउने छ । काठमाडौं उपत्याका हाल सात सय २२ वर्ग किमि क्षेत्रलफलमा फैलिएको छ । चार नयाँ सहरले जम्मा ५० वर्ग किमि जमिन ओगट्ने बताइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.