संविधान संशोधन विधेयक अगाडि बढाउने प्रचण्डको दृढता

संविधान संशोधन विधेयक अगाडि बढाउने प्रचण्डको दृढता

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक प्रक्रियामा अगाडि बढ्ने बताउनु भएको छ ।


माओवादी केन्द्र संसदीय बोर्डको सोमबार बसेको बैठकमा बोल्दै प्रचण्डले विद्येयक अगाडि बढ्ने बताउनु भएको हो । ‘संविधानको दायरा फराकिलो पार्ने र राष्ट्रिय एकता सुदृढ गर्ने हाम्रो उद्धेश्य हो । अघिल्लो सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विद्येयक अब प्रक्रियामा अगाडि बढ्छ’संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रचण्डले भन्नुभयो,‘संशोधन विद्येयकलाई निर्णयार्थ पेश गरेर राजपा लगायतका असन्तुष्ट दललाई पनि निर्वाचनमा ल्याउनुको बिकल्प छैन । हामीले जिम्मेवारपूर्ण भूमिका खेल्न सकेनौं भने असन्तुष्टीमा खेल्ने तत्वले फाइदा उठाउन सक्छन् ।’


बैठकमा प्रचण्डले संविधानको कार्यान्वयन र निर्वाचनका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । बैठकमा अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको रिक्त सभापतिको उम्मेदवारी र अन्य समितिमा रिक्त सदस्यहरुको पदपूर्तिका विषयमा पनि छलफल भएको थियो । श्रम समितिको सभापतिको उम्मेदवारी र समितिका सदस्यहरुको पदपूर्तिका लागि बैठकले आफ्नो सुझाव दिएको र त्यसबारे अन्तिम निर्णय पार्टी हेर्डक्वार्टर बैठकले गर्ने माओवादी केन्द्र संसदीय दलका प्रमूख सचेतक टेकबहादुर बस्नेतले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.