कतारका अमेरिकी विदेशमन्त्रीको टर्कीका राष्ट्रपतिसँग कुराकानी

कतारका अमेरिकी विदेशमन्त्रीको टर्कीका राष्ट्रपतिसँग कुराकानी

इस्तानबुल : अमेरिकी विदेशमन्त्री रेक्स टिलरर्सन टर्की पुग्नुभएको समाचार छ । उहाँले यहाँ आइतबार नै टर्कीस राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको समाचारमा जनाइएको छ ।

त्यसैगरी उहाँले आफ्ना टर्कीस समकक्षी मेभलुट काभुसोग्लुसँग पनि भेटवार्ता गर्नुभएको टर्कीको इस्तानबुलबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

संयुक्त राज्य अमेरिका र टर्की सिरियाका विषयमा विभाजित छन् । उनीहरु एकले अर्का राष्ट्रको एजेण्डालाई मान्दैनन् ।

तर यी दुई देश नेटो संगठनमा भने सदस्य रहेका छन् । अमेरिकी विदेशमन्त्री रेक्सले टर्कीस राष्ट्रपति रिसेप तैयप एर्दागानबीचको भेटवार्तामा भएका कुरकानीका बारेमा सञ्चारले भने केही दिएका छैनन् ।

तर पनि उहाँहरुबीच सिरियामा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रम, कतारमा विकसित कूटनीतिक तनावका बारेमा कुराकानी भएको टर्कीको सरकारी समाचार समिति, अनादोलुले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री टिलरसन र टर्कीस राष्ट्रपतिबीच आइतबार साँझ लामो कुराकानी भएको बताइएको छ ।
सिरियामा विगत पाँच वर्षभन्दा लामो समयदेखि हिंसात्मक आन्दोलन जारी छ । सो आन्दोलनका कारण यहाँ ठूलो सङ्ख्यामा नागरिक हताहत भएका छन् ।

तर यसको शान्तिपूर्ण समाधानको मार्ग भने आजका मितिसम्म पनि कतैबाट निस्केको छैन । अमेरिकी विदेशमन्त्रीको यो भ्रमण पनि सिरियाली समस्या समाधानका विषयमा केन्द्रित हुन नसकेको अधिकारीहरुले जानकारी दिएका छन् । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.