एउटै गाँउमा तीन करोडको गोलभेंडा उत्पादन

एउटै गाँउमा तीन करोडको गोलभेंडा उत्पादन

फिदिम: हिलिहाङ गाँउपालिकाको एउटै गाँउबाट मात्रै झण्डै तीन करोड मूल्य बराबरको गोलभेंडा उत्पादन भएको छ। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गतको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रम सञ्चालन भएको हिलिहाङ १ अमरपुरमा आर्थिक बर्ष २०७३÷०७४ मा दुई करोड ७८ लाख ९८ हजार मूल्य बराबरको गोलभेंडा उत्पादन भएको हो।

यहाँ उत्पादन भएको गोलभेंडाको प्रतिकिलो सरदर मूल्य १३ रुपैँया मान्दा झण्डै तीन करोडको गोलभेंडा अमरपुरमा मात्रै उत्पादन भएको हो। जिल्ला कृषि विकास कार्यालय पाँचथरका बरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीका अनुसार पकेट क्षेत्रका (अमरपुर) पाँच सय ८० जना किसानले व्यवसायिक रुपमा गोलभेंडा खेती गरेका हुन्।

यहाँका एक जना किसानले कम्तिमा १८ हजार पाँच सय बोट गोलभेंडाको खेती गरेका थिए। यसरी हेर्दा यहाँका पाँच सय ८० जना किसानले जम्मा १० लाख ७३ हजार बोट गोलभेंडाको खेती गरेका हुन्।

उक्त गोलभेंडाको विरुवाबाट प्रतिवोट दुई किलो फल उत्पादन भएको अनुमान गरिएको छ। प्रतिबोट दुई किलो गोलभेंडा उत्पादन हुँदा २१ लाख ४६ हजार किलो गोलभेंडा उत्पादन भएको देखिन्छ। तर, एउटै बोटमा छ किलोसम्म गोलभेंडा फलेको यहाँका किसानहरु बताउँछन्।

'एउटै बोटमा छ केजीसम्म गोलभेंडा उत्पादन भएको छ,' गोलभेंडा किसान तुलसी ढकालले भन्नुभयो ‘सबै बोटमा एकै नासको फल लाग्दैन । कुनै बोटमा धेरै फल्छ, कुनै बोटमा थोरै । तर, दुई किलो भन्दा कम कुनै बोटमा पनि फल्दैन।' न्युनतम उत्पादनलाई मापन गर्दा एउटै गाँउमा करोडौँको गोलभेंडा उत्पादन भएको देखिन्छ।

पकेट कार्यक्रम अन्तर्गत कृषि कार्यालयले कृषकलाई गोलभेंडा खेतीका लागि १०० प्रतिशत, ८५ प्रतिशत र ५० प्रतिशतका दरले अनुदानमा कृषि औजार उपलब्ध गराएको थियो। साना सिँचाइका लागि पाइप, प्लाष्टिक क्रेट, स्पेयर, मल, बिऊ , विषादी, शुष्म खाद्यतत्व समेत कार्यालयले किसानलाई अनुदानमा उपलब्ध गराएको थियो।

मेहनत गर्दा आफूले सोचेभन्दा राम्ररी गोलभेंडा उत्पादन भएको किसानहरु बताउँछन्। तर, उत्पादन गरेको गोलभेंडा बजार अभावले गर्दा विक्रि नलाग्ने गरेको किसानको गुनासो छ।

‘यहाँ उत्पादन भएको गोलभेंडा विक्रिका लागि बजार अभाव छ,' गोलभेंडा किसान देबी प्रसाद सिग्देलले भन्नुभयो ‘बारीभरी गोलभेंडा लटरम्म फलेर के गर्नु, कहिलेकाहीँ विक्रि नलागेर कुहिएर जान्छ।'

उल्लेख्य मात्रामा गोलभेंडा उत्पादन हुन थालेपछि उत्पादीत गोलभेंडाले बजार नपाउँदा यहाँका किसानहरु चिन्तित छन्। यहाँ उत्पादन गरिएको गोलभेंडा झापाको विर्तामोडसम्म निर्यात हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.