तीन दिनदेखि बिद्युत अबरुद्ध

तीन दिनदेखि बिद्युत अबरुद्ध

डोटी:लगातारको बर्षाका कारण प्रदेश नं. ७ का पहाडी जिल्लाहरुमा तीनदिनदेखि बिद्युत अबरुद्ध भएको छ । बिद्युत अबरुद्ध हुँदा सेवाग्राहीहरुलाई काम गर्न कठिन भइरहेको छ । बिद्युत नहुँदा दैनिक हुँने कामकाजमा समस्या आएको पाइएको छ ।


बर्षाका कारण कैलालीको फल्टुँडेमा पहिरो जाँदा ठुलो सालको रुख ढलेर बिद्युतको मेन लाईनको तार चुँडाल्दा बिद्युत अबरुद्ध भएको दिपायल बिद्युत प्राधिकरणका प्रमुख ललीत नारायण चौधरीले बताउनु भयो । ‘दुई दिन अगाडि कैलालीकै सहजपुरमा ‘डिस इन्सुलेटर’ पन्चर हुँदा बिद्युत गएको थियो भने राति पहिरोले समस्या ल्यायो’ चौधरीले भन्नुभयो । सबैभन्दा बढी बर्षादको समयमा बिद्युतमा समस्या आउने गरेको उहाँले बताउनु भयो ।


असार मसान्तको समयमा बिद्युत नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । ‘दुई दिनको बाटो हिडेर सदरमुकाम आए तर बिद्युत नहुँदा काम भईरहेको छैन’, एक जना सेवाग्राही नरबहादुर साउदले भन्नुभयो, ‘जिल्ला समन्वय समितिमा काम थियो, कागजातको फोटो कपि गर्नुपर्ने बिद्युत नभएर हैरान भएका छौं ।’ असार मसान्तको समयमा कामकाजको चटारो हुने भएपनि बिद्युत नहुँदा कार्यालयमा समेत काममा अबरोध आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.