बन्दमा ट्राफिक जाम भोगेपछि यात्रुहरु झुक्किए (फोटो फिचर)

बन्दमा ट्राफिक जाम भोगेपछि यात्रुहरु झुक्किए (फोटो फिचर)

काठमाडौ : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मंगलवार नेपालबन्द आब्हान गरेको थियो । आफनो गन्तव्यमा निस्किएका यात्रुहरु जव चोक चोकमा ट्राफिक जाम भोग्न थाले अनि भन्न थाले ‘बन्दको दिनमा पनि ट्राफिक जाम ।’

अन्नपूर्ण प्रतिनिधिहरुले कलंकी, कालीमाटी, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी,लोकन्थली लगायतका स्थानमा ट्राफिक जाम भोग्नुपरयो । यहाँ हामीले ट्राफिक जाम भोगिएका तस्विरहरु प्रस्तुत गरेका छौ ।


नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर बिश्वकर्मा प्रकाण्डले असार २१ गते जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ‘गिरफतार गरिएका पार्टीका नेता र कार्यकर्तालाई विनाशर्त स सम्मान रिहा गरिएन भने पार्टीले असार २७ गते यसका विरुद्ध नेपाल बन्दको घोषणा गर्दछ । नेपाली क्रान्ति र हाम्रो पार्टीका विरुद्ध देउवा सरकारको जनाद्र्धन गृह प्रशासनले गरेको निरंकुश दमन विरुद्ध आयोजना गरिएको नेपाल बन्द कार्यक्रमलाई भव्य रुपमा सफल पार्न सिंगो पार्टी पंक्ति र आम नेपाली जनतामा हाम्रो पार्टी बिशेष अनुरोध गर्दछ ।’


सो पार्टीको आब्हानलाई जनताले भन्दा प्रहरी प्रशासनले पालना गरेको पाइएको छ । बिद्यालयहरुमा प्रहरी आफै पुगेर बन्द गरिदिन अनुरोध गरेका थिए । आफना छोरा छोरीलाई स्कूल नपठाएर आफू सवारी साधन लिएर निस्किएका मानिसहरु जव ट्राफिक जाम भोग्न बाध्य भए,त्यतिवेला आश्चर्यचकित भए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.