बम फाल्ने हवल्दारको अपमान नगर्न गृहमन्त्रीको आग्रह

बम फाल्ने हवल्दारको अपमान नगर्न गृहमन्त्रीको आग्रह

काठमाडौ : गृहमन्त्री जनाद्र्धन शर्माले दुर्गा बहादुर रानाको साहसिक कदमको अपमान नगर्न आग्रह गर्नु भएको छ । गृहमन्त्री शर्माले दुर्गालाई बढुवा वा पुरस्कृत गर्ने चाहना व्यक्त गर्नु भएको छ । ‘नेपाल प्रहरीका हवल्दार श्री दुर्गा बहादुर राना गृह मन्त्रालयमा भेट्न आएको र मैले धन्यबाद दिएको हो । साहसीक कदमको अपमान नगर्न आग्रह गर्दछु’गृहमन्त्री शर्माले भन्नुभएको छ ।  
हवल्दार रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोक्नुभएको थियो ।

सोमबार गृहमन्त्रालयमा पुगेका हवल्दार लाई गृहमन्त्री शर्माले उनको बहादुरीको प्रशंसा गर्दै थप राम्रो काम गर्न हौसला दिनुभयो ।

‘तपाईले राम्रो काम गर्नुभयो, थप राम्रो काम गर्दै जानुस उचित मुल्यांकन हुन्छ’ गृहमन्त्री शर्माले भन्नुभयो ।

दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा दाङ, तुल्सिपुर उप–महानगरपालिका वडा नं ३ स्थित आधारभुत विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रमा मतदान केन्द्रलाई लक्षीत गरी फालेको बम तत्कालै टिपेर मतदान स्थल बाहिर फाल्दै हवल्दार रानाले जनधनको क्षती हुनबाट जोगाएका थिए ।

असार १४ गते मतदान कार्य सम्पन्न हुनासाथ गृहमन्त्री शर्माले हवल्दार रानालाई फोन गरेर बधाई दिनुभएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.