एमालेको असहमतिपछि संशोधनमा सहमति जुटेन

एमालेको असहमतिपछि संशोधनमा सहमति जुटेन

काठमाडौ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असहमति जनाएपछि संविधान संशोधनमा सहमति जुटाउन बसेको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको काँग्रेस,एमाले र माओवादी केन्द्रको बैठक विना निष्कर्ष टुंगिएको हो । काँग्रेस र माओवादीले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गराउन चाहेका छन भने एमालेले संविधान संशोधनको औचित्य माथि नै प्रश्न उठाउँदै आएको छ ।

संविधान संशोधनका बारेमा दुई नम्बर प्रदेशको निर्वाचनपछि मात्रै छलफल गर्न सकिने स्थायी समितिको निर्णय एमाले नेताहरुले तीन दलको बैठकमा सुनाउनु भएको थियो । सत्ता गठबन्धनले भने यसैसाता संशोधन प्रस्ताव संसदमा दर्ता गराउने योजना बनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.