वार्ताका लागि उत्तर कोरिया सकारात्मक हुने आशा

वार्ताका लागि उत्तर कोरिया सकारात्मक हुने आशा

सोल : दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आफूले शान्ति वार्ताका लागि राखेको प्रस्तावमा उत्तर कोरिया सकारात्मक हुने विश्वास व्यक्त गर्नुभएको छ ।उहाँले यसैसाता जर्मनीमा सम्पन्न भएको जी२० सम्मेलनमा उत्तर कोरियासँग शान्तिवार्ताको प्रस्ताव गर्नुभएको थियो ।

उहाँले सो वार्ताका लागि उत्तर कोरिया सकारात्मक हुनेमा आफू आशावादी रहेको जानकारी दिनुभयो । उहाँले मंगलबार दिनु भएको अभिव्यक्तिमा शान्तिपूर्ण समाधान नै कोरियाली प्रायद्वीपको समस्या समाधानको एकमात्र बिकल्प भएको स्पष्ट पार्नुभयो । जी२० सम्मेलनमा सहभागी भएर मङ्गलबार स्वदेश फर्किनुभएका राष्ट्रपति मुनले कोरियाली मन्त्रिपरिषदको बैठकलाई सम्बोधन गर्दै सो धारणा राख्नुभएको कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् ।

उहाँले बर्लिनमा विश्व समुदायलाई सम्बोधन गर्दै आफूले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि उत्तर कोरियाको सहयोगका अपेक्षा गरेको जानकारी गराउनुभएको थियो । यस प्रस्तावमा कोरियाले समर्थन गरेमा र शान्ति वार्ताका लागि तयार भएमा यसले कोरियाली प्रायद्वीपमा दिगो शान्तिको लागि सहयोग पुग्ने भएकोले आफूले यस्तो प्रस्ताव गरेको उहाँको दावी छ ।

सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्ध अन्त्यपछि यी दुई देश टुक्रिएका र त्यसपछि दुई देशलाई एक बनाउने र कोरियाली प्रायद्वीपमा दिगो शान्ति स्थापना गर्ने सम्बन्धी कुनै वार्ता भएको छैन ।

त्यसैले यस वार्ताले दुई देशका साथै कोरियाली प्रायद्वीपमा स्थापना हुने दिगो शान्तिले यस क्षेत्रमा नै सहयोग पुग्ने हुँदा त्यहाँ शान्तिको स्थापना महत्वपूर्ण काम भएको उहाँको भनाई छ ।

उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका कारण यस क्षेत्रमा तनाव उत्पन्न हुने क्रम जारी नै छ । सो तनावका कारण उत्तर कोरिया विश्व समुदायबाट पनि एक्लिँदै गएको महसुश बिगतदेखि नै भइरहेको हो ।

उत्तर कोरियाले गएको कम्तीमा दुई वर्षयतादेखि निरन्तररुपमा आणविक परीक्षण जारी राखेको छ । साथै उसले हरेक परीक्षणसँगै दक्षिण कोरिया र अमेरिकाको विरोध पनि गर्ने गरेको छ ।

गत हप्तामात्प नि उसले लामो दुरीसम्म मार हान्न सक्ने खालको अर्को परीक्षण गरेको थियो । उक्त पछिल्लो चरणको क्षेप्यास्त्र दक्षिण कोरियाले गरेको पाचौँ परीक्षण हो । यस लगत्तै उसले अर्को छैठौँ र शक्तिशाली परीक्षणको तयारी गरिरहेको पनि बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घ र विश्व समुदायले उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तरराष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको प्रतिक्रिया दिँदै आएका छन्।

उत्तर कोरियाले विगतदेखि नै आफूले अमेरिकासम्म मार हान्न सक्ने क्षमताको ब्यालेस्टिक बनाउने बताउदै आएको छ । कोरियाको यो योजनालाई अमेरिकाले असम्भव कुरा भन्दै आएको छ । रासस/सिन्ह्वा/एएफपी

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.