विप्लवका ३२ जना कार्यकर्ता पक्राउ

विप्लवका ३२ जना कार्यकर्ता पक्राउ

काठमाडौं : नेपाल बन्द गराउँदैं हिड्का नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३२ जना कार्यकर्ता राजधानी काठमाडौबाट पक्राउ परेका छन् । काठमाडौंको रत्नपार्क,बालाजु, कलंकी लगायत क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर प्रवक्ता एसपी प्रधुम्न कार्कीले जानकारी दिनुभयो ।
‘बन्द गराउँदैं हिडेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिईएको हो । बन्दकर्ताबाट राजधानीमा कुनै भौतिक क्षती छैन ’, प्रवक्ता कार्कीले भन्नुभयो ।
कार्यकर्ता पक्राउको विरोधमा सो पार्टीले मंगलबार नेपाल बन्दको घोषणा गरेको थियो । कार्यकर्ता पक्राउ परेपछि काठमाडौ उपत्यकाका शैक्षिक संस्थाहरु बन्द रहेपनि सवारी साधन भने सञ्चालन भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.