अमेरिकी विमान दुर्घटनामा १६ सैनिकको मृत्यु

अमेरिकी विमान दुर्घटनामा १६ सैनिकको मृत्यु

वासिङ्टन : अमेरिकाको मिसिसिपी राज्यमा सोमबार भएको एक सैनिक विमान दुर्घटनामा परी १६ व्यक्तिको ज्यान गएको छ ।

सैनिक प्रवक्ता क्याप्टेन सराह बर्न्सले मध्य मिसिसिपीको लेफोरे प्रान्तमा सेनाको सो सानो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराएका छन् ।

उनले यस जहाजबाट त्यहाँ रहेका १६ व्यक्तिको शव निकालिएको जनाएका छन् । उक्त विमान सैनिकको कार्गा बिमान रहेको बताइएको छ ।

उक्त दुर्घटनामा परी ज्यान जानेमा सो विमानमा सवार रहेका सैनिक परेका छन् । सो विमानको दुर्घटनाको बारेमा अनुसन्धान सुरु भएको बताइएको छ ।

लेफोरे प्रान्तीय सङ्कटकालीन निकायका निर्देशक फ्रान्स रान्डलेले समाचारदाताहरुलाई मिसिसिपी डेल्टाबाट १३५ किलोमिटर टाढा पर्ने इलाकामा यो दुर्घटना भएको जानकारी दिए ।

स्थानीय समयानुसार सोमबार अपराह्न करिब ४ बजे यो दुर्घटना भएको जनाइएको छ । दुर्घटना भएको केही समयपछि आएको समाचारमा भने यस विमानमा सवार रहेका नौ व्यक्तिमा पाँचको मृत्यु भएको भनिएको थियो ।
तर पछि दुर्घटनास्थलबाट १६ जनाको शव प्राप्त भएको अधिकारीले जनाएका छन् । दुर्घटनास्थलमा ठूलो सङ्ख्याका सैनिकले उद्वारको काम गरिरहेका छन् । रासस/एपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.