गृहमन्त्री जनार्दन शर्मा श्रीलंका उडे
काठमाडौ : आसन्न १९ औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को तयारी बैठकमा भाग लिन गृहमन्त्री जनार्दन शर्मा मंगलबार श्रीलंका प्रस्थान गर्नुभएको छ।
क्षेत्रीय सुरक्षाको विषयमा साझा रणनीति र एजेन्डा तय गर्न बिहीबार हुने सार्क गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन गृहसचिव लोकदर्शन रेग्मी सहित मन्त्री शर्मा श्रीलंका जानु भएको हो। गृहमन्त्री स्तरिय बैठक बुधबार र बिहीबार श्रीलंकको राजधानी कोलम्बोमा हुदैछ।
बैठकमा गृहमन्त्री, गृहसचिवसँगै गृह मन्त्रालयका प्रवकता दीपक काफ्ले, गृहमन्त्रीका स्वकीय सचिव गोपाल शर्मालगायत श्रीलंका उड्नु भएको हो।