आइएसलाई तालिम दिने अमेरिकी सैनिक पक्राउ

आइएसलाई तालिम दिने अमेरिकी सैनिक पक्राउ

लस एन्जेलस : एकजना अमेरिकी सैनिकले आतङ्ककारी संगठन,आइएसलाई सहयोग गरेको पाइएपछि उनलाई सोमबार पक्राउ गरिएको छ ।

अमेरिकी सुरक्षा अनुसन्धान निकाय, एफबिआइका अनुसार अमेरिकी सेनामा कार्यरत ३४ वर्षीय अधिकारी इकाइका एरिक काङले आइएसलाई सहयोग गरेको पाइएको हो । उनी हवाइमा पक्राउ परेका हुन् । उनले आइएसलाई आवश्यक सैनिक सामग्री सहयोग गर्नुका साथै तालिम समेत दिने गरेको प्रमाण भेटिएको सेनाले अमेरिकी सेनाले जनाएको छ ।

हवाइको राजधानी सहर होनोलुलुमा रहेको उनको निवासबाट उनलाई शनिबार साँझ एफबिआइका अधिकारीहरुले पक्राउ गरेका हुन ।

उनले हवाइमा रहेको सेनाको उड्डयनसम्बन्धी सेवामा ट्राफिक नियन्त्रणको कार्यमा सेवा गर्दै आएका थिए । सोही कार्यमा खटिएको समयमा उनले आइएसलाई सहयोग गरेको पाइएको थियो ।

उनलाई सन् २०१० मा इराकमा र सन् २०१४ मा दुई वर्षसम्म अफगानिस्तानमा खटाइएको थियो । ती देशमा उनले सेवा गरेर अमेरिका फर्केका थिए ।

उनीमाथि केही महिनायतादेखि निगरानी राखिएको र उनले आइएसलाई सहयोग गर्ने गरेको पाइएपछि नियन्त्रणमा लिइएको जानकारी एफबिआइका अधिकारीले दिएका छन् । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.