जन्मसिद्ध नागरिकका छोराछोरीलाई वंशज दिन फोरम नेपालको माग

जन्मसिद्ध नागरिकका छोराछोरीलाई वंशज दिन फोरम नेपालको माग

वीरगन्ज : २०६३ सालमा जन्मसिद्ध नागरिकता पाएका नागरिकका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिन संघीय समाजवादी फोरम नेपालले सरकारसँग माग गरेको छ।

नेपालको संविधानको धारा ११ उपधारा २ को ख मा कुनै पनि व्याक्तिको जन्म हुँदाको बखत निजको बुबा वा आमा नेपालको नागरिक रहेछ भने त्यसले नेपालको नागरिकता पाउनेछ भन्ने स्पष्ट रुपमा उल्लेख छ। यो संवैधानिक प्रावधान भए पनि सरकारले मधेसमा रहेका नेपाली नागरिकसँग पूर्वाग्राही भएर जन्मसिद्ध नागरिकता पाएकाका छोराछोरीलाई नेपाली नागरिकताबाट बन्चित गराएको भन्दै फोरम नेपालले संविधानमा उल्लेख भएअनुसार व्यवहार गर्न सरकार सँग माग गरेको छ।

फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले मङगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई ज्ञापनपत्र बुझाउदै जन्मसिद्ध नागरिकता पाउने नागरिकका छोराछोरीलाई वंशजको आधारमा नागरिकता प्रदान गर्ने व्यवस्था मिलाउन गृहमन्त्रालयसंग माग गर्नु भएको हो।

राज्यको पूर्वाग्रहका कारण मधेसमा जन्मसिद्ध नागरिकता पाएका करिब एक लाख छोराछोरी उमेर पुगेर पनि नागरिकता बिहिन रहेको यादवको भनाइ छ।

ज्ञापनपत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले मागका विषयमा पहल गर्ने आश्वासन दिएका छन्। ज्ञापनपत्र बुझाउन गएको टोलीमा फोरम नेपालका तराई मधेस प्रदेश कोषाध्यक्ष विजय सरावगी, नेता सुन्दर कुर्मीलगायतको सहभागिता थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.