'भारतीय अर्थतन्त्रको वृद्धिदर तीव्र'

'भारतीय अर्थतन्त्रको वृद्धिदर तीव्र'

लन्डन :  सन् २००८ मा विश्वभर छाएको आर्थिक संकटको सामना सबै देशले गरे पनि त्यसबाट पार पाउन आर्थिक वृद्धिदर भने सबैको समान थिएन । अहिले विश्वमा केही देशले यस्तो आर्थिक वृद्धिदर हासिल गर्ने अपेक्षा गरिएको छ, जसले सबैलाई आश्चर्यचकित पार्नेछ । यीमध्ये केही एसियाली राष्ट्र छन् भने केही अफ्रिकी।

विश्व बैंकले गरेको अनुमान अनुसार यस वर्ष यी राष्ट्रको जीडीपी (कुल गार्हस्थ्य उत्पादन) ६.९ प्रतिशतदेखि ८.३ प्रतिशतसम्म रहनेछ । जबकि विश्व आर्थिक फोरमले गरेको एउटा विश्वव्यापी आर्थिक अध्ययनमा उल्लेख तथ्यांक अनुसार यस वर्ष विश्वको जीडीपी औसत २.७ प्रतिशत मात्र रहने छ । अझ दक्षिण अमेरिकी र क्यारेबियाली देशहरूको जीडीपी औसत ०.८ प्रतिशतमात्र हुने प्रक्षेपण गरिएको छ ।

आर्थिक अध्ययन र अनुमानका आधारमा विश्व बैंकले यस वर्ष सर्वाधिक वृद्धिदर हासिल गर्ने राष्ट्रहरूको एउटा सूची नै जारी गरेको छ । विश्व बैंकको सूचीअनुसार पहिलो स्थानमा इथियोपिया छ । यस वर्ष यो राष्ट्रले ८.३ प्रतिशत वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । इथियोपियाको सेवा र कृषि क्षेत्रमा वृद्धि हुने अपेक्षा छ । तर विश्व बैंकले वृद्धिका दौरान त्यहाँको सार्वजनिक ऋण बढेर १० प्रतिशतसम्म पुग्नसक्ने चेतावनी दिएको छ ।

मध्य एसियाली राष्ट्र उज्बेकिस्तान विश्व बैंकको सूचीमा दोस्रो स्थानमा छ । बैंकका अनुसार यस वर्ष उज्बेकिस्तानको वृद्धिदर ७.६ प्रतिशत रहनेछ । त्यहाँको उद्योग, कृषि र सार्वजनिक सेवामा भइरहेको सुधारमा वृद्धिले सघाउने छ । यो देश विश्वमा कपास उत्पादक राष्ट्रमध्ये सातौं नम्बरमा छ । यसबाहेक उज्बेकिस्तान सुन र प्राकृतिक ग्यास निर्यात गर्ने प्रमुख राष्ट्रमध्ये एक हो ।

यसपछि विश्व बैंकको सूचीको तेस्रो नम्बरमा नेपाल छ । सन् २०१५ अप्रिलमा गएको भूकम्पले करिब ९ हजार नेपाली मात्र मारेन, अर्थव्यवस्थामा समेत धक्का लगाएको थियो । भूकम्पपछि नेपाली पर्यटन खस्कियो र सन् २०१६ मा नेपालको वृद्धिदर ०.४ प्रतिशत मात्र थियो । तर विश्व बैंकका अनुसार यस वर्ष नेपालको वृद्धिदर ७.५ प्रतिशत रहनेछ । साथै भारतसँग नेपालको सम्बन्धमा सुधार आउने र यसबाट व्यापार बढ्ने अनुमान पनि गरिएको छ ।

सम्भावित रुपमा तीव्र आर्थिक वृद्धि गरिरहेका देशको सूचीमा विश्व बैंकले भारतलाई चौथो स्थानमा राखेको छ । बैंकको अनुमान अनुसार यस वर्ष भारतको वृद्धिदर ७.२ प्रतिशत रहनेछ । यसको कारण त्यहाँको आधारभूत भौतिक संरचनामा गरिएको ठूलो लगानीलाई मानिएको छ । साथै यस वर्ष मौसमले पनि भारतको कृषि उत्पादनलाई साथ दिने अनुमान गरिएको छ ।

विश्व बैंकले भारतपछि यस वर्ष तीव्र वृद्धिदर हासिल गर्ने माथिल्ला १० राष्ट्रको सूचीमा क्रमशः तान्जानिया, जिबुटी, लाओस, कम्बोडिया, फिलिपिन्स र बर्मालाई राखेको छ । तर सूचीमा यस वर्ष तीव्र वृद्धिदर हासिल गर्ने देशको सूचीमा चीन माथिल्ला १० मा छैन । यस वर्ष चीनको जीडीपी वृद्धिदर ६.५ प्रतिशत मात्र रहने अनुमान छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.