चीनमा २ करोड कार
बेइजिङ : चीनमा अहिले कारको संख्या २० करोड ५ लाख पुगेको छ । सार्वजनिक सुरक्षा मन्त्रालयले मंगलबार जनाए अनुसार सन् २०१७ को पहिलो ६ महिनामा त्यहाँ देशभर ९३ लाख ८० हजार कार दर्ता भएको जानकारी दिएको हो । यी कार दर्ता भएपछि कुल कारको संख्या २० करोड नाघेको मन्त्रालयले जनाएको हो ।
यस वर्षको अन्त्यसम्म चीनमा कारचालकको संख्या ३२ करोड ८० लाख पुग्ने त्यहाँको ट्राफिक व्यवस्थापन ब्युरोले जनाएको छ । ब्युरोका अनुसार चीनमा यस वर्षको जुन अन्त्यसम्म कुल सवारीसाधनको संख्या ३० करोड ४० लाख पुगेको र सवारीचालकको संख्या भने ३७ करोड १ लाख रहेको छ । चीनका ४९ सहरमध्ये प्रत्येकमा १० लाखभन्दा बढी र २३ सहरमध्ये प्रत्येकमा २० लाखभन्दा बढी कार रहेको पनि ब्युरोल जानकारी दिएको छ ।
राजधानी बेइजिङ, चोङकिङ, संघाई, सेन्जेन र सुजु हरेकमा ३० लाखभन्दा बढी कार रहेका छन् । अहिले चीनमा १६ करोड ८ लाख साना कार र २ करोड २७ लाख ट्रक रहेको पनि ब्युरोले बताएको छ । प्रान्त सरहका १६ क्षेत्रमध्ये हरेकमा १ करोड सवारीचालक छन् । ती सवारीचालकमध्ये ग्वाङडोङ, हेनान, जियाङसु, सान्डोङ, सेंचुवा र झेजियाङ हरेकमा २ करोडभन्दा बढी रहेको जानकारी पनि ब्युरोले दिएको छ ।