इजरायलमा नेपाली कामदारको सेवा उत्कृष्ट
काठमाडौ : नेपालका लागि इजराइली यारुन मायरले आफनो मुलुकमा नेपाली कामदारले उत्कृष्ट सेवा प्रदान गरेको बताउनु भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग बुधवार सिंहदरवारमा भएको भेटमा राजदूत मायरले त्यस्तो धारणा व्यक्त गर्नु भएको हो ।
परराष्ट्रमन्त्रालयमा भएको भेटवार्तामा द्वीपक्षीय सम्बन्ध र इजराइलमा काम गर्दै आएका नेपाली कामदारका विषयमा छलफल भएको मन्त्री महराको नीजि सचिवालयले जनाएको छ । सो सचिवालयका अनुसार राजदूत यारुनले नेपालबाट आफ्नो मुलुक गएका कामदारले उत्कृष्ट सेवा प्रदान गरेको भन्दै त्यसलाई निरन्तरता दिने र नेपालसँग रहि आएको सम्बन्धलाई जनस्तरसम्म पु¥याउने बताउनुभयो । परराष्ट्रमन्त्री महराले नेपालको कृषि क्षेत्रमा इजराइलले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
थाइल्यान्डका राजदूत भाकवत टान्स्कुलले वर्षेनी ५० हजार पर्यटक नेपाल आउने गरेको जानकारी दिँदै दुई देशबीच पर्यटन प्रवद्र्धनमा थप सहकार्य गरेर अगाडि बढ्न सकिने बताउनु भएको छ । परराष्ट्र मन्त्रालयमा मन्त्री महरासँग भएको शिष्टाचार भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको आर्थिक, सामाजिक एवम् आपसी चासोका विषयमा छलफल भएको थियो ।
सो अवसरमा परराष्ट्रमन्त्री महराले लुम्बिनी र बौद्ध धर्माबलम्बीका कारण दुई देशको सम्बन्धलाई प्रगाढ बनाएको भन्दै नेपाल–थाइल्यान्डको सम्बन्ध साँस्कृतिकरुपमा बलियो रहेको बताउनुभयो ।