दोलखामा एक गाउँ, एक उत्पादन कार्यक्रम सुरु
चरीकोटः दोलखामा एक गाउँ ,एक उत्पादन कार्यक्रम सुरु भएको छ । नेपाल सरकार कृषि विकास मन्त्रालय र नेपाल उद्योग बाणिज्य महासंघ कृषि उद्यम केन्द्रको सहकार्य तथा दोलखा उद्योग बाणिज्य संघको संयोजकत्वमा कार्यक्रम सुरु भएको हो ।
एक गाउँ, एक उत्पादन कार्यक्रम अन्तर्गत आलु छनौट भएको दोलखा उद्योग बाणिज्य सघंका अध्यक्ष एवंम कार्यक्रम संयोजक सुन्दर कार्कीले जानकारी दिनु भयो । हिउँदे र बर्खे मौषममा उत्पादन हुने आलु खेती मार्फत नै दोलखाको परिचय बदल्ने सोचका साथ कार्यक्रम लागू गरिएको बताउँदै नगदे बालीको रुपमा विकास भएकोले सबै कृषकहरुलाई उपलब्धीमुलक हुने बताउनुभयो ।
सिन्धुपाल्चोक जिल्लाको मुडेमा बिक्रि हुने आलु दोलखाको भएर पनि ब्राण्डिङ हुन नसक्दा मुडेको आलुको रुपमा परिचित भएको भन्दै जिल्लामा उत्पादित आलुको बजारीकरणमा पहल गर्ने बताउनुभयो ।
यस्तै उहाँले आलु उत्पादन पछि भण्डारणको लागि कोल्ड स्टोरको स्थापना गर्ने र आलुको उद्योग संञ्चालनको लागि पहल गर्ने जानकारी दिनुभयो । यसैगरी आलु उत्पादनको लागि आवश्यक मलखाद, आधुनिक विउँविजन,आधुनिक खेतिप्रणाली लगाएतको विषयमा सहयोग गर्ने र कृषि सम्बन्धीत विभिन्न सघंसघस्थालाई पनि एकिकृत गरी लैजाने सोचका साथ कार्यक्रम लागु गरिएको बताउनु भयो ।
एक गाउँ, एक उत्पादन कार्यक्रम अन्तरगत हाल शैलुङ गाउँपालिकाको बाघखोर, बिगु गाउँपालिकाको सिगटी र सदरमुकाम चरीकोटमा योजना तर्जुमा कार्यक्रम सम्पन्न गरिसकेको उद्योग बाणिज्य सघं दोलखाका कार्यकारी सचिब राजन थापाले जानकारी दिनुभयो । उहाँले योजना तर्जुमा बैठकमा पाँच बर्ष सम्म कुन कुन कार्यक्रम कहाँ कहाँ र कसरी सञ्चालन गर्ने भन्ने विषयमा कृषकहरुको प्रतिक्रिया लिइएको जनाउनु भयो ।
जिल्लाको कुल क्षेत्रफल मध्य ३८ हजार २ सय ५० क्षेत्रफलमा आलु खेति गरिएको जिल्ला कृषि विकास कार्यालय दोलखाका प्राविधिक सहायक विनोद रोक्काले जानकारी दिनुभयो । उहाँले यो आर्थिक बर्षमा मात्रै दोलखाबाट करिब एक अर्ब रुपियाँ बराबरको आलु जिल्ला बाहिर गएको बताईएको छ ।
कुल उत्पादन ४५ हजार मेक्ट्रिटन रहेको छ । तीन हजार हेक्टर आलु उत्पादन हुने क्षेत्र रहेको छ ।
प्रतिहेक्टर औसतमा १२ हजार मेक्ट्रिकटन आलु उत्पादन हुन्छ । आवश्यक बीउका लागि पाँच हजार जिल्लामै खपत १० हजार र ३० हजार मेट्रिकटन आलु अन्य जिल्लामा गएको अधिकृत श्रेष्ठको भनाइ रहेको छ । अहिले बजारमा प्रतिकिलो ३०÷३५ रुपियाँमा र धार्नीको आधारमा ५० देखि ६० रुपैयाँ बिक्री हुने गरेको छ ।
जिल्लाको बिगू गाउँपालिका, जिरी नगरपालिका, सैलुङ गाउँपालिका कालिन्चोक गाउँपालिका का विभिन्न वडाहरुमा विषेश गरी आलु उत्पादन हुने गरेको जानकारी दिएका छन् । हाल जिल्ला कृषि विकास कार्यालय दोलखाले शैलुंगेश्वर, काटाकुटी, लाकुरीडाँडा, भिमेश्वर नगरपालिका, मालु, सुरी, विगु, भुषाफेदा, मागापौवा, बोच, कालिञ्चोक, जिरी, दुधपोखरी लाई पकेट क्षेत्रको रुपमा घोषणा गरीसेकेको छ ।
योजना तर्जुमा कार्यक्रममा सम्बोद्धन गर्दै नेपाल उद्योग बाणिज्य महासघंका केन्द्रीय सदस्य सुदर्शन कार्कीले आलु उत्पादन लाई व्यवसायी बनाएर उद्योगको रुपमा बिस्तार गर्न एक गाउँ, एक उत्पादन कार्यक्रमले सार्थकता पाउने बताउनुभयो ।