प्रविधिमैत्री बन्दै सामुदायिक विद्यालय

प्रविधिमैत्री बन्दै सामुदायिक विद्यालय

बर्दिबास : महोत्तरीको बर्दिबास क्षेत्रका सामुदायिक विद्यालयहरु आधुनिक प्रविधीमैत्री बन्दै गइरहेका छन् । विद्यालयहरुमा बालबालिकाहरुलाई सेटेलाइट, कम्प्यूटर, प्रोजेक्टरको माध्यमबाट अध्ययन अध्यापन गराउन थालिएको छ भने व्यवस्थापन पक्षले पठन पाठनलाई सि.सि. टि.भी. क्यामराबाट अनुगमन गर्ने गरेको छ ।  

बर्दिबास नगरपालिकाको दुर्गा माध्यमिक विद्यालय पशुपतिनगर पथलैया बजारको विद्यालयमा प्राविधि उपयोग गर्दै वैकल्पिक उर्जाको श्रोत सोलार प्यानल जडान गरेर आधुनिक किसिमले कक्षा संचालन गरिएको छ । शैक्षिक जनशक्ति विकास केन्द्रको झन्डै १० लाख बराबरको आर्थिक सहयोगमा सेटेलाइटबाट 'भर्चुवल' कक्षा संचालन गरिएको विद्यालयका प्रधानाध्यापक अजयकुमार महतोले बताउनुभयो ।

शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमी भक्तपुरले काठमाँडौंमा संचालन गरेको कक्षालाई सिधा लाईभ प्रसारणलाई सेटेलाइटबाट मोडेमको प्रयोग गरेर ५० इन्चको ठूलो टि.भीबाट शिक्षण क्रियाकलाप संचालन गरिएको छ । काठमाडौंमा विषय बिशेषज्ञले पढाएको कुरा बिद्यार्थीले सिधै टि.भीको स्क्रिनमा नजर लगाएर विद्यालयबाटै पढिरहेका छन् । यस प्रविधीबाट कक्षा १० का ८० जना विद्यार्थीहरुलाई पढाउन सुरु गरिएको छ ।

जनता माध्यमिक विद्यालय गौरीडाँडामा शिक्षकहरुलाई समयमा उपस्थित हुन अनलाइन हाजिरीको व्यवस्था गरिएको छ । ‘हामी विद्यर्थीहरुलाई पाठयक्रम अनुसारको कम्प्यूटर शिक्षा शिशु कक्षाबाट सञ्चालन गरेका छौं,' जनता माध्यमिक विद्यालय गौरीडाँडाका विद्यालय व्यवस्थान समितिका अध्यक्ष राजन ढुङ्गानाले भन्नुभयो,‘आधुनिक प्रविधीबाट पठन पाठन हुँदा सामुदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या पनि बढेको छ ।'

बर्दिबास नगरपालिका —५ स्थित पञ्चधुरा माध्यमिक विद्यालय माइस्थानमा पनि प्राविधिक तरिकाबाट पढाई सञ्चालन गरिएको छ । बर्दिबासका समाजसेवी श्याम खड्काले ५० हजार बराबरको प्रोजेक्टर विद्यालयलाई प्रदान गरेपछि अहिले विद्यालयमा विभिन्न किसिमका कक्षाहरु कम्प्यूटरको प्रयोग गरेर पढाइएको विद्यालयका प्रधानाध्यापक हरीप्रसाद दाहालले बताउनुभयो । बर्दिबासका समाजसेवी हर्कबहादुर तामांगले पञ्चधुरा माध्यमिक विद्यालयलाई ८० हजार बराबरको ८ थान सि.सि.टि.भी. क्यामरा प्रदान गर्नु भएको छ ।

‘सि.सि.टि.भी. क्यामराबाट विद्यालयको एउटै कोठाबाट सबै कोक्षा कोठामा रहेका विद्यार्थी र शिक्षकहरुलाई नियाल्न सकिन्छ,' पञ्चधुरा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर गोलेले बताउनुभयो,‘माननिय सांसद निसा साहको संसदीय विकास कोषबाट विद्यालयलाई ४ लाख बराबरको १५ थान कम्प्यूटर प्राप्त भएको छ । हामीलाई कप्म्यूटरबाट पठन पाठन संचालन गर्न सहज भएको छ । हाम्रो पठन पाठन क्रमस विज्ञानले अविस्कार गरेका प्रविधी तिर उन्मुख हुदैं गइरहेको छ ।'

बर्दिबासकै सामुदायिक विद्यालय राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा पनि कम्प्युटर कक्षा संचालन गर्नको लागि विद्यालय योजना अनुसार काम गरिरहेको छ । पूर्व शिक्षामन्त्री तथा महोत्तरी क्षेत्र नम्बर १ का सांसद गिरीराजमणी पोखरेलले विद्यालयलाई १० थान कम्प्युटर उपलब्ध गराउनुभएको छ । पशुपतिनगरका समाजिक अभियन्ता अमृत कुमार महतोका अनुसार ५ थान कम्प्युटर देश विदेशमा रहेका पशुपतिनगरका युवाहरुसंग सहयोग संकलन गरेर खरिद गरिएको छ ।

कम्प्युटर कक्षा सञ्चालन गर्न विद्यालयले कक्षा कोठाको फर्निचर व्यवस्थापन र कम्प्युटर पढाउने शिक्षक भर्नाको क्रममा रहेको राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लाका प्रधानाध्यापक तेजीलाल महतोले बताउनुभयो ।

विज्ञान र प्रविधिको प्रयोग गरेर विद्यालयमा शिक्षण क्रियाकलाप सञ्चालन गरेपछि सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढेको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीका सबै विद्यालयहरुमा प्राविधिको प्रयोग गरेर आधुनिक शिक्षाको व्यवस्था गरिनुपर्नेमा अभिभावहरुले माग गरेका छन् । महोत्तरीमा प्रावि, निमावि, मावि गरि ३१५ विद्यालयहरु छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा- प्रतिष्ठान(नास्ट)ले पनि योजना अनुसार देशका सबै ठाउँका विद्यालयहरुमा अध्ययन अवलोकन गरेर सरकारका निकायहरुलाई स्थानीय निकायमा रहेका सरकारी कार्यालय, शैक्षिक संघसंस्थाहरुलाई प्रविधी मैत्री बनाउनुपर्ने आजको आवश्यकता रहेको जनता माध्यमिक विद्यालय डाँडाटोल विजलपुरा प्रधानाध्यापक भरतप्रसाद यादवले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.