३० हजार फलफुलका बिरुवा बितरण

३० हजार फलफुलका बिरुवा बितरण

सिलगढी (डोटी)  : जिल्ला कृषि विकास कार्यालय डोटीले किसानहरुलाई ३० हजार फलफुलका बिरुवा बितरण गरेको छ। बर्षात्को समय सुरु भएसंगै किसानहरुको मागअनुसार फलफुलका बिरुवाहरु बितरण गरिएको हो ।

व्यवसाय गर्ने उद्देश्यले किसानहरुले फलफुलका बिरुवाहरु माग गरेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । बितरण भएका बिरुवाहरुमा आँप, लिची, कागती, सुन्तला, मौसमीलगायतका रहेका छन् । बितरण गरिएका बिरुवाहरु अधिकांश अनुदानमा गरिएको हो ।

१० रोपनीदेखि १० हेक्टरसम्मको जमिनमा फलफुलको बगैचा बनाउने उद्देश्यले किसानहरुबाट बिरुवाको माग भएको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत डा. तपेन्द्र शाहले बताउनु भयो । ‘बगैचा बनाउने भनि माग भएका बिरुवाहरु ८५ प्रतिशत छुट अनुदानमा दिइएको छ', शाहले भन्नुभयो, ‘फुटकर बिरुवा लैजानेलाई भने पुरै मुल्यमा दिइएको छ ।'

फलफुल खेतीमा किसानहरुको आकर्षण बढीरहेको उहाँले बताउनु भयो । ‘बिगतका बर्षहरुमा पनि किसानहरुले फलफुलको माग राम्रै गरेका थिए', शाहले भन्नुभयो, ‘४/५ बर्ष पछि किसानहरुलाई फलफुलले राम्रो प्रतिफल दिने छ ।'  

बितरण गरिएका फलफुलका बिरुवाहरुमा कागती १३ हजार बिरुवा, आँप ८ हजार, लिची २ हजार, मौसमी २५ सय, सुन्तला २५ सय, अनार ५ सय, केरा ५ सय, अम्बा ५ सय, कटहर ३ सय, निबुवा ३ सय संख्यामा रहेका छन् । बितरण गरिएका बिरुवाहरुमा जिल्लाको वातावरण अनुसार ७० प्रतिशतभन्दा बढी बच्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.