चन्दननाथको प्राथमिकतामा सडक र विद्युत

चन्दननाथको प्राथमिकतामा सडक र विद्युत

जुम्लाः कर्णालीकै पहिलो र ठूलो नगरपालिका चन्दननाथको विकासका लागि ३१ करोड रुपैयाँ विनियोजन गरिएको छ । नगरपालिका प्रमुख  कान्तिका सेजुवालले नगरपालिकाको आर्र्थिक वर्ष २०७४/७५ का बजेटका साथै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नगरपालिकाको समृद्धिका लागि कुल ३० करोड ९१ लाख ४८ हजार बराबरको बजेट प्रस्ताव गरिएको छ ।  

जसमा पुँजीगत र चालूतर्फको खर्चमा थोरैमात्र अन्तर देखिएको छ । चालू खर्चका लागि १३ करोड ११ लाख एकहजार रुपैयाँ र पूँजीगत तर्फ १७ करोड ८० लाख ४७ हजार बरारबर खर्च हुने नगरपालिकाले पहिलो नगरसभामा प्रस्तुत गरेको बजेटमा उल्लेख छ । आ.व. २०७४/०७५ मा नगरपालिकाको आम्दानीमा स्वआर्जनकोषतर्फ २० लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

यस्तै, राजश्व बाँडफाँडमा ३० लाख, केन्द्रबाट निशर्त आउने अनुदान १७ करोड, १७ लाख ४७ हजार रुपैयाँ, शर्तसहतिको अनुदान ६ करोड ४७ लाख एकहजार रुपैयाँ, कर्णाली रोजगारको दुई करोड ७७ लाख, सामाजिक सुरक्षा ४ करोड गरी जम्मा रु. ३० करोड ९१ लाख ४८ हजार बराबरको बजेट प्रस्ताव गरिएको हो ।  

सीमित श्रोत भएता पनि योजनावद्ध रुपमा काम भए उपलव्धिमुलक नतिजा प्राप्त गर्न सकिने प्रमुख कान्तिका सेजुवालले बताउनुभयो । राम्रो योजना बन्नु नै आधा काम सक्नु भन्दै सेजुवालले नगरपालिकाले नतिजामा आधारित योजनाबद्ध विकास गर्ने दिशातर्फ आफ्ना नीति, कार्यक्रम तथा बजेट परिलक्षित गरेको बताउनुभयो ।

बजेटमा सडक र विद्यतुलाई मुख्य प्राथमिकता दिइएको छ । नगरपालिका भित्रै विद्युत सेवा नहुँदा नगरवासीहरु सञ्चार र उज्यालोबाट बञ्चित रहेको भन्दै विद्युत व्यवस्थापनका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ । जुगाडखोलामा निर्माणाधीन ५२ किलोवाट र चन्दननाथ १ मा रहेको एकसय किलोवाटको ठिन्के साना जलविद्युत आयोजनाको काम सम्पन्न गरी नगरवासीलाई उज्यालोमा बस्ने बातावरण बनाउने कामलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ ।

मनपरी ढंगले योजना छनौट गरी आफु अनुकुल बजेट विनियोजन गरेको भन्दै चन्दननाथको बजार क्षेत्रको पाँच नम्बर वडाका वडाअध्यक्षले नगरसभा बहिस्कार गरेका छन् । वडाअध्यक्ष गोल्डेन कठायतले बजार क्षेत्रमा कर्णाली रोजगारको बजेट विनियोजन नभएको र अन्य योजना छनौटमा पनि मनोमानी गरेको भन्दै सभा बहिस्कार गर्नुभएको हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.