सरकार स्थानीय तहलाई अधिकार दिन चाहँदैन : ओली

सरकार स्थानीय तहलाई अधिकार दिन चाहँदैन : ओली

भक्तपुर : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सरकार स्थानीय तह अधिकार सम्पन्न बनाउन नचाहिरहेको बताउनुभएको छ ।

आफू बस्दै आएको भक्तपुरको सूर्यविनायक नगरपालिकाको पहिलो नगर सभा शुक्रबार उद्घाटन गर्नुहुँदै उहाँले जनप्रतिनिधिहरु आइसक्दा पनि स्थानीय तहलाई कानुन र अधिकार नदिएर सरकारले एकात्मक शासनलाई नै बढावा दिइरहेको बताउनुभएको हो । स्थानीय तहलाई आवश्यक ऐन-कानुन तथा बजेटको अख्तियारी नपठाएको भन्दै अध्यक्ष ओलीले आक्रोशसमेत पोख्नुभयो ।

‘केन्द्रीय सरकार अझै स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन चाहिरहेको छैन’, उहाँले भन्नुभयो, ‘त्यसैले राजनीतिक लडाइँ सकियो तर अधिकारको लडाइँ सकिएको छैन ।’

उहाँले जनतालाई अधिकार सम्पन्न बनाउने लडाइँ लड्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आह्वानसमेत गर्नुभयो। अध्यक्ष ओलीले काठमाडौंमा चल्ने मोनो रेललाई भक्तपुर हुँदै धुलिखेलसम्म लानुपर्नेमा जोड दिनुभयो ।

नगरको बृहत्तर एवं दीगो विकासको लागि जनतासँग प्रत्यक्ष अन्तरक्रिया र गोष्ठी गर्न सुझाउनुहँदै उहाँले नगरको समग्र विकासको लागि आवश्यक गुरुयोजना बनाएर अघि बढ्न जनप्रतिनिधिहरुको ध्यानाकर्षण गर्नुभयो ।

अध्यक्ष ओलीले जनताको आन्दोलनबाट प्राप्त उपलब्धिको लाभ एवं हिस्सेदारी जनताले पाउने गरी काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.