पाँचां वेद र आत्म-वचन

पाँचां वेद र आत्म-वचन

 

सद्योजत : चार वेदतिर जाने हो भने पहिलो वेद ऋग्वेद नै हुन जान्छ । हामी पाशुपत क्षेत्रमा आउँछौं । पहिला हामी सद्योजातको दर्शन गर्छैाँ । सद्योजातको दर्शन गर्दाखेरि हामीले ॐ नमो महादेवाय ! मन्त्र जप्न सक्छौं । वेदले यस सद्योजातको मन्त्र दिएको छ 'ॐ सद्योजातं प्रपद्यामि सद्योजाताय वै नमो नमः भवे भवे नाति भवे भवस्व मां भवोद्भवाय नमः ।' यो मन्त्रलाई बुझ्नु जरुरी छ । यो मन्त्रको उच्चारण गर्दा पुरै पृथ्वी मण्डलको शुद्धीकरण हुन जान्छ । सद्योजात ब्रह्माण्डमा रहनुका साथै हाम्रो पिण्डमा पनि रहनुभएको छ । सद्योजातको शक्ति कुब्जेश्वरी हुनुहुन्छ । उहाँलाई गार्हपत्याग्नि पनि भनिन्छ । मानव पिण्डमा रहेको पञ्च प्राणमा जाँदाखेरि अपान प्राण हुनुहुन्छ । ॐ कारमा जाँदा अकार हुनुहुन्छ । पञ्च महाभूतमा पृथ्वी हुनुहुन्छ र दिशामा पश्चिममा विराजमान हुनुहुन्छ ।

 अघोर

सद्योजातपछि हामी पशुपतिनाथको अर्को रूपको दर्शन गर्छौं । त्यस रूपको नाम हो अघोर । अघोर पशुपतिनाथको दोस्रो रूप हो । अघोरको शक्ति निशेश्वरी हुनुहुन्छ । देवतामा उहाँ विष्णु हुनुहुन्छ । उहाँ पालनकर्ता हो । ज्योति स्वरूपमा जाँदा उहाँलाई दक्षिणाग्नि भनेर पुकार्नुपर्ने हुन्छ । हामीहरूको पिण्डमा जाँदा व्यान प्राणको रूपमा रहनुभएको छ । ॐकारमा जाँदा उकारमा विराजमान हुनुहुन्छ । वेदमा जाँदा यजुर्वेदको रूपमा प्रतिष्ठित हुनुहुन्छ । दिशामा हेर्दा दक्षिण दिशामा विराजमान हुनुहुन्छ । अघोर भनेको अग्नि मण्डल हो । हामीले अग्नि बल्दछौं त्यसलाई नै अघोर मान्न सक्छौं अर्थात् एउटा निराकार रूपमा रहेको अग्नि ज्योति छ । उसैलाई नै अघोर भनेर पुकार्नुपर्ने हुन्छ । अघोर भनेको साकार, निराकार अग्निको ज्योति हो ।

हामीले यौगिक क्रियाद्वारा अध्यात्मको चिन्तन गर्छैाँ भने अघोरको साधना गर्नाले सम्पूर्ण पाप र रोगहरूको निर्मल हुन्छ । यो सत्य छ । अघोरको साधनामा शुद्ध आहार हुन जरुरी छ । अघोर परमेश्वरको हामीले ॐ नमः शिवाय । मन्त्र जप्न सक्छौं । ॐ नमो महादेवाय भन्न सक्छौं । वेदले प्रतिपादन गरेको महामन्त्र छ । ॐ अघोरेभ्योऽथ घोरेभ्यो घोरघोरतरेभ्य सर्वेभ्यः सर्व शर्वेभ्यो नमस्तेऽ अस्तु रुद्ररूपेभ्यः ।२। यस मन्त्रको उच्चारण गर्न जरुरी छ । अघोरको तपस्याले निर्मल हुने विश्वास छ ।

वामदेव

अघोरपछि तेस्रो रूप वामदेवको चर्चा गरौं । पशुपतिनाथको उत्तर दिशामा विराजमान मूर्तिलाई हामीले वामदेव भनेर पुकार्नुपर्छ । यी वामदेवका शक्ति सिद्धेश्वरी हुनुहुन्छ । उहाँलाई सदा-शिव भनेर पुकारिन्छ । उहाँ प्रलयकर्ता अर्थात् मुक्ति दिने परमेश्वर हुनुहुन्छ । उहाँलाई अग्निको रूपमा भन्दा आहवनीय रूपमा पुकार्नुपर्छ । हाम्रो शरीरमा रहेको समान प्राणका रूपमा विराजमान हुनुहुन्छ । ॐकारमा जाँदा मकार रूपमा हुनुहुन्छ । पञ्च महाभूतमा जाँदा जल तत्व हुनुहुन्छ । वेदमा जाँदा सामवेद हुनुहुन्छ । उहाँ अर्धनारीश्वरको रूपमा हुनुहुन्छ । वामदेवको नित्य-निरन्तर साधना भयो भने हामीमा पनि वामदेवको ज्ञान अवश्य उत्पन्न हुन थाल्छ ।

यो ब्रह्माण्डको प्रलय हुँदा पनि चारै वेद विनष्ट हुन सक्छन् । तर, सूक्ष्म वेद देवताहरूमा रहने भएकाले सूक्ष्म वेदबाट फेरि पुनः चार वेदको सृष्टि हुन्छ भनिएको छ । 

जब वामदेवको हामी साधना गर्छौं हामीमा स्त्री तत्व र पुरुष तत्वको वृद्धि एवं विकास हुन थाल्छ । सबै मानव अर्धनारीश्वरको प्रतीक नै हो भनेर वामदेवले प्रस्ट्याउँछ । प्रमाणित गर्दछ यो सत्य हो । यसरी वामदेवको साधना गर्दा 'ॐ नमो महादेवायः ।' मन्त्र जप गर्नुपर्छ । वामदेवको वैदिक मन्त्र छ 'ॐ वामदेवाय नमो ज्येष्ठाय नमः । श्रेष्ठाय नमो रुद्राय नमः । कालाय नमः कल विकरणाय नमो बल विकरणाय नमः बलाय नमो बल प्रमथनाथ नमः । सर्वभूतदमनाय नमो मनोन्मनाय नमः ।३।' भनेर पुकारिएको छ ।

तत्पुरुष

पशुपति परमेश्वरको चौथो रूपको नाम हो तत्पुरुष । तत्पुरुषको शक्ति पूर्णेश्वरी र देवमा विश्वोतोमुख सर्वज्ञ ईश्वर हुनुहुन्छ । कतिले तत्पुरुषलाई सूर्यदेवको रूपमा पनि पूजा, अर्चना, वन्दना गर्ने गरेको पाइन्छ अर्थात् तत्पुरुष भनेको आकाश मण्डलमा जति पनि ज्योति रूपमा रहेका ज्योति पिण्ड मण्डलहरू देख्छौं । त्यसैलाई नै तत्पुरुषको रूपमा प्रार्थना गरिएको छ । यस्ता तत्पुरुषलाई गायत्री महामन्त्रले पनि साधना गर्न सक्छौं । यसको साधनाद्वारा आत्मा ज्ञान प्राप्त हुन्छ । यसलाई अग्निको रूपमा पुकारिएको छ । हृदयमा रहेको प्राणका रूपमा पनि यसलाई पुकारिन्छ । ॐकारमा जाँदा नादको रूपमा पुकारिएको छ । पञ्च महाभूतमा वायुको रूपमा पुकारिएको छ । वेदमा अथर्ववेद र दिशामा पूर्व दिशामा विराजमान जो तत्पुरुष हुनुहुन्छ यस्ता तत्पुरुषको बारेमा पूर्ण विस्तृत जानकारी भयो भने हामीले आत्मा प्राप्तिको ज्ञान र विज्ञानलाई जान्नेछौं ।

तत्पुरुषका वेदमा मन्त्र व्याख्या गरिएको छ 'ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि । तन्नो रुद्रः प्रचोदयात् ।४।' भनेर महान् ब्रह्मर्षिहरूले स्तुति गरिएको पाइन्छ । यो मन्त्रको स्तुति गर्न जरुरी छ । यी त भए पशुपतिनाथको चार विग्रहहरूको वर्णन । अन्तमा पशुपतिनाथको ईशानको बारेमा जान्न जरुरी छ । पशु भनेको यी चारवटा रूपमा आउँदछ । सद्योजात, अघोर, वामदेव र तत्पुरुषका स्थिति भनेको पशुमा नै आउँदछ भनेर भनिएको छ ।। ईशान भनेको परमेश्वरको रूपमा पुकारिएको छ ।

ईशान

पशुपतिको ऊध्र्वतर्फ ईशानको निवास छ । यस्ता ईशान परमेश्वरको शक्ति हुनुहुन्छ कामेश्वरी । त्यहाँ स्वयं परमेश्वर विराजमान हुनुहुन्छ । अव्यक्त गायत्री हामीले व्यक्त गर्न नसकिने त्यहाँ विराजमान हुनुहन्छ । यो स्थानलाई बुझ्नाले निर्वाण अर्थात् मुक्ति प्राप्त हुन्छ । त्यस स्थानमा सूर्याग्निको निवास छ । सूर्यको करोडौं-करोड ज्योतिको रूपमा परम ज्योति रहेको छ । हाम्रो शरीरमा रहेका प्राणहरूमध्येमा उदान प्राण त्यस स्थानमा विराजमान भएको छ । ॐकारमा जाँदा बिन्दुको रूपमा यहाँ हामीले पुकार छौं । त्यस क्षेत्रको ज्ञान हुनाले परमेश्वरको ज्ञान हुन्छ ।

हामीले चार वेदका कुरा गर्‍यौं । तर चार वेद मात्र नभएर पाँचौं सूक्ष्म वेद पनि छ, भनिएको छ, त्यो पाँचौं वेदको नाम हो सूक्ष्म वेद । त्यो वेद देवताहरूमा नै स्थित छ । यो ब्रह्माण्डको प्रलय हुँदा पनि चारै वेदहरूको विनष्ट हुन सक्छन् । तर सूक्ष्म वेद देवताहरूमा रहने भएकाले सूक्ष्म वेदबाट फेरि पुनः चार वेदहरूको सृष्टि हुन्छ भनिएको छ । ऊध्र्व माथितिर रहेको स्वरूपलाई ईशान नामले पुकारिएको छ । यस्ता परम ईशानदेवका हामीले ब्रह्मरन्ध्र (तालु) मा ध्यान गर्छौं । त्यस ब्रह्मरन्ध्रमा सर्वप्रथम अग्नि मण्डलको ध्यान गर्छौं । त्यसभन्दा माथि सूर्य मण्डलको ध्यान गर्छौं । सूर्य मण्डलभन्दा माथि चन्द्र मण्डलको ध्यान गर्छैाँ । चन्द्रमण्डलभन्दा माथि हिरण्मय ज्योतिको रूपमा हिरण्मयभन्दा पनि माथि बाह्र अंगुलको दूरीमा परम ज्योतिको जसले ध्यान गर्छ उसलाई अवश्य पनि ईशानको दर्शन हुन्छ । अर्थात् हाम्रो आत्माले परमात्मासँग साक्षात्कार गर्छ । यस्ता परमेश्वरको वेदमा मन्त्र उल्लेख गरिएको छ 'ॐ ईशानः सर्वविद्यानामीश्वर सर्वभूतानाम् ब्रह्माधिपतिब्रह्मणोऽधिपतिब्र्रह्मा शिवो मेऽअस्तु सदा शिवोऽम् ।।५।।

परम श्रेष्ठ मन्त्रको जप गर्नु अनिवार्य छ । यी पाँचवटा विग्रहका बारेमा हामीले जान्नु नितान्त आवश्यक छ । मैले संक्षेपमा यी पाँच विग्रहका बारेमा भनेँ, यसमा केही त्रुटि भएमा म पशुपति परमेश्वरसँग क्षमायाचना माग्छु । पशुपति परमेश्वरबाटै नै पाशुपत-योगको सृष्टि भएको हो । उहाँले नै पुरातन कालमा पाशुपत-योगको विधान गर्नुभयो । अहंकार युक्त जीवात्मालाई परमात्मासँग साक्षात्कार गर्नका लागि पाशुपत-व्रत, पाशुपत-योग र पाशुपत-ज्ञानको सृष्टि गर्नुभयो । यो ज्ञानलाई हामीले वेदमा गहन रूपले चिन्तन, अध्ययन गर्ने हो भने वेद, पुराणमा उपनिषद्हरूमा यही ज्ञान हामी पाउँछौं ।

पशुपति परमेश्वरकै ज्ञान पाउँछौं । पाशुपत-योग कै बारेमा त्यहाँ चर्चा हुन्छ । पाशुपत-धर्म कै बारेमा वर्णन छ । पाशुपत-योग अर्थात् हामी ब्रह्म चर्चाको कुरा गर्छौं । ब्रह्म चर्चाको कुरा गर्दा सर्वप्रथम हामीहरूले परम गुरुलाई कहिल्यै पनि भुल्नु हुँदैन । अथवा गुरुरूप परमेश्वरलाई कहिल्यै भुल्नु हुँदैन । हामीले सद्गुरुले खोज गर्ने हो भने हृदय-कमलमा विराजमान परम ज्योतिलाई नै गुरु भनेर पुकार्नुपर्छ । कोही कसैले अध्यात्म ज्ञानद्वारा आफूलाई साक्षात्कार गरेको छ भने हृदय-कमलमा रहेको सर्वव्यापक परम ज्योति नै परम गुरुको साक्षात्कार गरेको हो ।

गुरुको महिमा

जो पुरुष वेद सम्पन्न, मन्त्रहरूका ज्ञाता, मन्त्रहरूका भक्त, मन्त्रहरूको आ श्रय लिने, पुराणज्ञ, विशेषज्ञ, पवित्र, ईष्र्यारहित, ईश्वर भक्त र गुरुभक्त छ, यस्तो लक्षणहरूले सम्पन्न पुरुषलाई गुरु भनिन्छ । गुरु शब्दमा 'गु'को अर्थ अन्धकार र 'रु' को अर्थ अन्धकारको निरोधक हो । अन्धकार (अज्ञान) लाई रोक्नसक्ने व्यक्तिलाई नै गुरु भनिन्छ । गुरु नै परम ब्रह्म हो, गुरु नै परागति हो, गुरु नै परम विद्या हो र गुरुलाई नै परम धन मानिएको छ।

गुरु नै परम आ श्रयस्थल हो । गुरु शब्दका उच्चारण एकपटक गर्नाले पनि संसारबाट मुक्ति प्राप्त हुन्छ । गुरु उच्चारणबाट सबै पुरुषार्थ सिद्ध हुन्छ । फेरि ऊ कदापि यस संसारमा पुनरागमन गर्दैन, कहिल्यै पुनरावर्तन हुँदैन, यो सत्य छ । जो यस अविनाशी योगलाई ठीक यस प्रकारले सम्झन्छ, उसलाई सबै फल प्राप्त हुन्छ भनेर गुरु महिमामा वर्णन गरिएको छ । गुरुबिना अध्यात्म ज्ञान खुल्न पनि कठिन छ ।

जो पुरुष वेद सम्पन्न, मन्त्रहरूका ज्ञाता, मन्त्रहरूका भक्त, मन्त्रहरूको आ श्रय लिने, पुराणज्ञ, विशेषज्ञ, पवित्र, ईष्र्यारहित, ईश्वर भक्त र गुरुभक्त छ, यस्तो लक्षणहरूले सम्पन्न पुरुषलाई गुरु भनिन्छ । गुरु शब्दमा 'गु'को अर्थ अन्धकार र 'रु' को अर्थ अन्धकारको निरोधक हो । अन्धकार (अज्ञान) लाई रोक्नसक्ने व्यक्तिलाई नै गुरु भनिन्छ । गुरु नै परम ब्रह्म हो, गुरु नै परागति हो, गुरु नै परम विद्या हो र गुरुलाई नै परम धन मानिएको छ।

गुरु नै परम आ श्रयस्थल हो । गुरु शब्दका उच्चारण एकपटक गर्नाले पनि संसारबाट मुक्ति प्राप्त हुन्छ । गुरु उच्चारणबाट सबै पुरुषार्थ सिद्ध हुन्छ । फेरि ऊ कदापि यस संसारमा पुनरागमन गर्दैन, कहिल्यै पुनरावर्तन हुँदैन, यो सत्य छ । जो यस अविनाशी योगलाई ठीक यस प्रकारले सम्झन्छ, उसलाई सबै फल प्राप्त हुन्छ भनेर गुरु महिमामा वर्णन गरिएको छ । गुरुबिना अध्यात्म ज्ञान खुल्न पनि कठिन छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.