वैदेशिक रोजगार व्यवसायी संघमा रोहन गुरुङ निर्वाचित
काठमाडौं : वैदेशिक रोजगार व्यवसायी संघमा रोहन गुरुङ निर्वाचित हुनुभएको छ । वैदेशिक रोजगार व्यवसायी संघको २५औं साधारणसभाबाट गुरुङले भारी मत ल्याएर विजयी हुनुभएको हो । गुरुङले ४३४ मत ल्याएर विजयी हुनुभएको हो भने उहाँका प्रतिष्पर्धी विमल ढकालले ३४१ मत ल्याउनुभएको थियो ।
प्रथम उपाध्यक्षमा रामप्रसाद भान्तवना ४९५ मत ल्याई विजयी हुनुभएको छ उहाँका निकटम प्रतिष्पर्धी प्रज्ञान न्यौपानेले ३१० मत ल्याउनुभयो । त्यस्तै दृतीय उपाध्यक्षमा ढकाल प्यानलका भुुवन गुरुङ ४०७, ल्याई विजयी हुनुभयो भने उहाँका निकटत्म प्रतिष्पर्धी सुवर्ण श्रेष्ठले ३६२ मत ल्याउनुभयो ।
तृतीय उपाध्यक्षमा सुक्र पाख्रिनले ४३२ मत ल्याई वियजी हुनुभयो भने उहाँका निकटत्म प्रतिष्पर्धी नवलकिशोर यादव ३६१ मत ल्याउनुभयो ।
संघको महासचिवमा गुरुङकै समूहका नरेश गलाल विजयी हुनुभएको छ । गेलालले ४४९ मत ल्याउनुभयो भने उहाँका प्रतिष्पर्धी सुजित श्रेष्ठले ३७८ मत ल्याउनुभयो । त्यस्तै सचिवमा ईश्वर जीसी ४०० मत ल्याई विजयी हुनुभयो भने उहाँका प्रतिष्पर्धी विनोद केसीले ३६९ मत ल्याउनुभयो ।
कोषाअध्यक्षमत ढकाल प्यानलकी राधिका कटुवाल विजयी हुनुभएको छ । उहाँले ४०४ मत ल्याएर विजयी हुनुभयो भने उहाँका प्रतिष्पर्धी रमिला ताम्राकारले ३३७ मत ल्याउनुभएको थियो । पदाधिकारीसहित सदस्यमा समेत गुरुङ प्यानलबाट विजयी भएका छन् ।
ढकाल नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक रोजगार व्यवसायी फोरमका अध्यक्ष पदका उम्मेदवार हुनुहुनुन्थ्यो । ढकाल यसअघि पनि अध्यक्ष पदमा विजयी हुनुभएपनि यसपाली पराजित हुनुभएको छ । ढकालकै कार्यसमितिमा महासचिव रहेका रोहन गुरुङ नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका तर्फबाट अध्यक्ष पदका उम्मेदवार बन्नुभएको थियो ।
अध्यक्ष पदका ढकाललाई ललितपुर वैदेशिक रोजगार व्यवसायी समाज र वैदेशिक रोजगार तराई-मधेस मञ्चले सर्मथन गरेको थियो । यसैगरी नयाँ नेतृत्वमा गुरुङलाई माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, गुरुङ व्यवसायी समाज तमुधीँ, तामाङ समाज, विश्वकर्मा समाज नेपाल र मगर समाजले पनि निर्वाचनमा सहयोग गरेका थिए । निर्वाचनमा आठ सय ४८ जना प्रतिनिधि र्थि ।
ढकाल प्यानलबाट प्रथम उपाध्यक्ष प्रज्ञान न्यौपाने, द्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङ, तृतीय उपाध्यक्ष नवलकिशोर यादव, महासचिव सुजित श्रेष्ठ, सचिव विनोदजंग केसी, कोषाध्यक्ष राधिका कटुवाल चुनावी मैदानमा छन् । त्यस्तै सदस्यमा भोजराज भुषाल, मेघनाथ भुर्तेल, इन्दिरा गुरुङ, कुमारबाबु श्रेष्ठ, दिनेशकुमार राय, मोहम्मद जब्बरदिन मिया (मुन्ना), सर्वधन तामाङ, गुणेन्द्रप्रसाद अम्मै (जीपी), सुरज केसी र कृष्णकुमार जैसी प्रतिष्पर्धामा हुनुहुनुन्थ्यो ।
गुरुङ प्यानलमा प्रथम उपाध्यक्षमा रामप्रसाद भान्वना, द्वितीय उपाध्यक्षमा सुवर्ण श्रेष्ठ, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिव नरेश गेलाल, सचिवमा ईश्वर जिसी, कोषाध्यक्षमा रमिला ताम्राकार (रोकायामगर), सदस्यमा तेजमाया लिम्बु, सन्जु गुरुङ, सुरेश गौतम, प्रेम विक, कुन्छादोर्जे डिमजोङ, सविना श्रेष्ठ, तिलकबहादुर तामाङ, परमेश्वर अधिकारी, ववन सिंह र पितम मगरले उम्मेदवारी दिनुभएको थियो ।
वैदेशिक रोजगार आवश्यक–प्रधानमन्त्री देउवा
प्रधानमन्त्री देउवाले देशभित्र पर्याप्त रोजगारीका अवसर सिर्जना नभएको अवस्थामा वैदेशिक रोजगारी आवश्यक रहेको बताउनुभयो । वैदेशिक रोजागारीमा जाने युवाको आर्थिक सुरक्षादेखि जीवन रक्षामासमेत व्यवसायीले ध्यान पुर्याउनु पर्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।
‘देशको अर्थतन्त्र चलयमान गर्न वैदेशिक रोजगारले गरेको योगदान सराहनीय छ', प्रधानमन्त्री देउवाले भनुभयो, ‘वैदेशिक रोजागरको क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार तयार छ ।' व्यवसायीले आम जनताको पक्षमा काम गर्दै आफ्नो व्यवसायलाई पनि मर्यादित बनाउनु पर्ने उहाँको भनाइ छ ।
व्यवसायीभित्र देखिएका समस्या समाधान र सिन्डिकेट अन्त्य गर्न सरकारले आवश्यक कदम थाल्ने श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरको भनाइ छ । ‘फ्रि भिसा तथा टिकट कागजी रूपमा मात्रै लागू भएको छ', मन्त्री मन्सुरले भन्नुभयो, ‘यसको कार्यन्वयनका लागि मन्त्रालयले अध्ययन गरिरहेको छ ।'
फ्रि भिसा तथा टिकट कार्यन्यवनमा कहाँ कमजोरी भएको हो । यसलाई कसरी लागू गर्न सकिन्छ भने विषयमा सरोकारवाला र विभिन्न पार्टीका शीर्ष नेतासँग छलफल गरेर छिटै निर्णय लिने मन्त्रीको भनाइ छ ।
फ्रि भिसा कामदारको हकमा हुँदा हुँदै पनि किन कागजी रूपमा मात्रै छ । यो अन्त्यन्तै पपुलर निर्णय भएको हुँदा हतारमा अन्य कुनै निर्णय गरिहाल्ने पक्षमा नरहेको मन्त्री मन्सुरको भनाइ छ । कामदार र व्यवसायलाई धराप पार्ने गरी मलाई कसैले प्रभावित पार्न नसक्ने मन्त्री मन्सुरको दाबी छ । म्यानपावर व्यवसायमा सिन्डिकेट रहेको र आफू मन्त्री रहँदासम्म यस्ता सबै प्रकारका सिन्डिकेट अन्त्य हुने उहाँको दाबी छ । मलाई कुनै आर्थिक लोभ लालच छैन ।
व्यवसायीले पनि कामदारको शोषण गर्ने गरी कामदार ठगी गरेको अवस्थामा कारबाही हुने उहाँको भनाइ छ । म्यानपावर व्यवसायीले मलेसियासहित खाडी मुलुकमा कामदार पठाउँदा सेवा शुल्कबापत मात्रै १० हजार रुपैयाँ लिनु पर्ने बाध्यकारी नियम भए पनि अहिले कामदारले लाख रुपैयाँभन्दा बढी तिरिरहेका छन्।
फ्रि भिसा र टिकट कार्यान्वयनमा आए नआएको विषयमा मन्त्रालयले सहसचिव गोविन्दमणि भुर्तेलको संयोजकत्वमा अनुगमन समिति बनाए पनि त्यसले निचोड निकाल्न सकेको छैन । मन्त्रालयका केही कर्मचारी नै व्यवसायीका पक्षमा बसेर सिन्डिकेटलाई बढवा दिइरहेका छन् ।