भक्तपुर नपाको मौज्दात नै १४ करोड

भक्तपुर नपाको मौज्दात नै १४ करोड

भक्तपुर : भक्तपुर नगरपालिकाले सम्पूर्ण योजनालाई रकम विनियोजन गरेर पनि १४ करोड रुपैयाँ मौज्दात राख्ने भएको छ। भक्तपुर नपाको शनिबार सम्पन्न पहिलो नगर सभाले पारित गरेको कूल एक अर्ब पाँच करोड ५५ लाख रुपैयाँको बजेटमा १४ करोड रुपैयाँ मौज्दात बाँकी राख्ने भएको हो।

नगर सभाले नपाको लागि सरकारबाट ससर्त अनुदानको रुपमा १९ करोड ७८ लाख १९ हजार र निःसर्र्त अनुदानको रुपमा १७ करोड ८७ लाख ९५ हजार रुपैयाँ आम्दानी हुने निर्णय गरेको छ।

त्यस्तै सामाजिक सुरक्षा भत्ताको लागि ११ करोड आठ लाख र अन्य निकायतर्फ ६० लाख रुपैयाँ नपालाई आम्दानी हुने प्रक्षेपण गरिएको छ।
नपाको आफ्नै आन्तरिक स्रोततर्फ विभिन्न कर तथा पर्यटन सेवा शुल्कबाट ४२ करोड २० लाख १० हजार रुपैयाँ नपाको आम्दानी हुने नगर सभाले निर्णय गरेको छ।

नगर प्रमुख सुनिल प्रजापतिले सरकारको केन्द्रीय अनुदान र नपाको आन्तरिक आम्दानीबाट खर्च गरेर पनि १४ करोड रुपैयाँ मौज्दात हुने अनुमान गरिएको बताउनुभयो।

गत वर्ष खर्चको तुलनामा आम्दानी बढी भएको आधारमा नपाको मौज्दात १४ करोड हुने नगर सभाले अनुमान गरेको उहाँको भनाइ थियो। उहाँका अनुसार गत वर्ष अनुमानित आयभन्दा १२१ प्रतिशत बढी बजेट पूर्ति भएको थियो। ३१ करोड सात लाख २२ हजार आठ सय ६१ रुपैयाँ आम्दानी हुने अनुमान गरिएकोमा ३७ करोड ९० लाख २६ हजार दुई सय ७५ रुपैयाँ आम्दानी भएको थियो।

त्यस्तै खर्च पनि ८२ प्रतिशतमात्रै भएको थियो। ४८ करोड ७१ लाख खर्च हुने अनुमान गरिएकोमा ३९ करोड ९२ लाख ४९ हजार दुई सय ७५ रुपैयाँमात्रै खर्च भएको थियो।

‘गत वर्ष १५ करोड ६१ लाख ५४ हजार एकसय ३९ रुपैयाँ मौज्दात बाँकी भएको थियो’, उहाँले भन्नुभयो, ‘गत वर्षको तुलनामा यस वर्ष १४ करोड रुपैयाँ आम्दानी मौज्दात हुने अनुमान गरेका छौं।’

उहाँले स्थानीय निकायमा जनप्रतिनिधिहरु निर्वाचित भइसकेकाले विकास बजेट बढीभन्दा बढी खर्च हुने भएकाले गत वर्षको तुलनामा कममात्रै मौज्दात हुने अनुमान गरिएको जानकारी दिनुभयो।

पहिलो नगर सभा समापन कार्यक्रममा प्रमुख प्रजापतिले प्रत्येक वडालाई विकास निर्माणको लागि पचास लाख रुपैयाँ उपलब्ध गराउने नगर सभाले निर्णय गरेको बताउनुभयो।

प्रमुख प्रजापतिले प्रस्तुत गर्नुभएको ३६ बुँदे नीति तथा कार्यक्रम पारित गर्दै नगर सभाले नगरपालिकाको नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली, नगर कार्यपालिकाको बैठक सञ्चालनसम्बन्धी कार्यविधि २०७४ समेत पारित गरेको छ।

त्यस्तै नगरपालिकाको नक्सापाससम्बन्धी संक्षिप्त कार्यविधि र सभा तथा बैठकमा उपस्थित हुने सदस्यहरुले पालना गर्नुपर्ने आचरण तथा नियमहरु पनि पारित गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.