कतारसँग असल सम्बन्ध राख्ने ट्रम्पको चाहना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कतारसँग असल सम्बन्ध राख्ने बताउनु भएको छ । अघिल्लो महिना मात्रै कतारले अमेरिकासँग १२ अर्व अमेरिकी डलर बरावरको लागतमा एफ १५ फाइटर जेट खरिद गरेको थियो । अमेरिकाले साउदीसँग पनि एक सय १० अर्व अमेरिकी डलर बरावरको सैन्य सामग्री खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो ।
‘हामी कतारसँग अस सम्बन्ध राख्न गइरहेका छौ । सैनिक क्याम्पका बारेमा पनि कुनै पनि समस्या छैन’ सीएनविसीसँगको अन्तरवार्तामा ट्रम्पले भन्नुभएको छ ।
सीएनविसी टेलिभिजनलाई दिएको अन्तरर्वातामा ट्रम्पले मध्यपूर्वबाट अमेरिकी सैनिक टुकडी फिर्ता नहुने बताउनु भएको छ । अमेरिका र कतार वीच अघिल्लो साता मात्रै आतंकवादलाई बित्तिय सहयोग रोक्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।
साउदी नेतृत्वको चार मुलुकले कतार माथि आर्थिक र कुटनीतिक नाकावन्दी लगाएपछि सो नाकावन्दी खुलाउन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले अघिल्लो साता मध्यपूर्वमा सक्रियता देखाउनु भएको थियो । टिलरसनले कतारी उच्च नेतृत्वसँग मात्रै दुई पटक छलफल गर्नु भएको थियो भने कतार संकट समाधानका लागि मध्यस्थता गरिरहेको कुवेतसँग पनि घनिभुत छलफल गर्नु भएको थियो ।