विलासिताको रहर

विलासिताको रहर

यदि संविधानको एउटा महत्वपूर्ण बाध्यात्मक बुँदा कार्यान्वयर्नतर्फ दलहरू र सरकार लागिपरे भने उनीहरूले आगामी माघ महिनाको पहिलो साताभित्र प्रान्त नम्बर २ मा स्थानीय तहसँगै सातवटा र केन्द्रीय संसद्को निर्वाचन सम्पन्न गराउनुपर्ने हुन्छ । त्यसको लागि संवैधानिक जिम्मेवारी पाएको निकाय निर्वाचन आयोग हो । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन उल्लेख्य जनसहभागिता र सफलतापूर्वक सम्पन्न भइसकेको छ । आयोगले आफ्नो संवैधानिक जिम्मेवारी पूरा गरेको मानिनुपर्छ त्यसलाई । सम्भवतः आउँदा निर्वाचन व्यक्तिकै सफलताका साथ सम्पन्न गर्न बढी प्रोत्साहित गरेको छ यो सफलताले ।

तर स्थानीय तह निर्वाचनकै बीचमा निर्वाचन आयोग अस्वीकार्य विवादको घेरामा तानिएको छ । बिनाटेन्डर प्रमुखलगायत सबै आयुक्तहरू विलासी गाडी किन्न लागिपरेको र आफूले त्यसको विरोध गरेवापत त्यसका सचिव गोपीनाथ मैनालीलाई निर्वाचन प्रक्रियाका बीचैमा सरुवा गरिएको थियो, आयोग प्रमुखको मौखिक निर्देशनमा । लोकाचारका निम्ति आयोगले त्यो सरुवामा आचारसंहिता आकर्षित नहुने अडान लिँदै मैनालीले भनेजस्तो आयुक्तहरूका लागि विलासी गाडी किन्ने कुनै तयारी नभएको दाबी गरेको थियो । तर एक महिना नबित्दै निर्वाचन आयोगको त्यो दाबी असत्य सावित भएको छ ।

खाली उसले यसपटक गाडी खरिदको लागि टेन्डर गरेको छ । स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न भएवापत के आयोगका पदाधिकारीहरूले यो 'इनाम' सुरक्षित गरेका हुन् आफ्ना लागि ? के यी विलासी गाडीहरू आवश्यक नै बन्न पुगेका हुन् ? के सबै आयुक्तहरूका गाडीहरू प्रयोग गर्न नमिल्ने गरी एकैपल्ट थोत्रिएका हुन् त ? स्वीकार्य तथ्य र कानुनले दिएभन्दा फरक तरिकाबाट यत्रो रकम खर्च गर्ने अधिकार आयोगसँग हुनु हुँदैन, तजबिजी रूपमा ।

निर्वाचन आयोग नेपालका धनी संवैधानिक संस्थाहरूमा गनिन्छ । दाताहरूबाट प्राप्त रकम अर्बौंमा रहेको र त्यहाँका पदाधिकारीहरूले गैरसरकारी संस्थाहरूसँग सहकार्यका नाममा ठूलो रकम हात पारेको अनि अनियमित तरिकाबाट आयोगको ढुकुटी दोहन गरेको आरोप सार्वजनिक जानकारीका विषय हुन् । त्यसबाट उचित पाठ सिक्दै त्यहाँका कारोबार पारदर्शी राख्नुको साटो आयोग पदाधिकारीहरू विलासी वाहनमा सवार हुने हतारमा देखिन्छन् । 'टेन्डर' आह्वान गर्नुले खरिद प्रक्रियालाई केही हदसम्म प्रक्रियासम्मत बनाउँछ, तर त्यसको औचित्य पुष्टि गर्दैन । सम्भवतः यो खरिद जायज हो भनी सावित गर्ने कुनै आचार छैन आयोगसँग र यो तत्काल बन्द हुनुपर्छ र आयोगको हिसाबकिताब सार्वजनिक गरिनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.