हिमालसम्म केबुलकार चलाउने गाउँपालिका योजना

हिमालसम्म केबुलकार चलाउने गाउँपालिका योजना

 कास्की : कास्कीको मादी गाउँपालिकाले हिमालसम्म केबुलकार सञ्चालन गर्ने योजना अघि सारेको छ । हालैको गाउँ परिषद्बाट पारित यस आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै अध्यक्ष वेदबहादुर गुरुङले उक्त योजना सार्वजनिक गर्नुभएको हो ।

चर्चित पर्यटकीय गाउँ सिक्लेसबाट अन्नपूर्ण हिमशृंखलाको फेदीसम्म केबुलकार सञ्चालन गरेर हिमालको फेदी खर्कमा पर्यटकलाई स्केटिङ खेलाउने गाउँपालिकाको प्रस्तावित योजना छ । सिक्लेसको भुलकचाबाट हिमाल फेदीको कोरी भन्ने ठाउँसम्म केबलकार सञ्चालन गर्ने योजनाको सम्भाव्यता अध्ययन गर्न आर्थिक वर्षको बजेटमा ६ लाख रुपैयाँ विनियोजन गरेको जानकारी अध्यक्ष गुरुङले दिनुभयो ।

मादी १ सिक्लेसका वडाध्यक्ष सुरज गुरुङले कोरीमा वर्षको ८ महिना हिउँ भइरहने र त्यहाँ निकै फराकिलो ठाउँ भएकाले स्केटिङको सम्भावना पहिल्यैदेखि औंल्याइएको बताउनुभयो । ‘पिच बाटो बनेपछि पोखराबाट दुई घन्टामा सिक्लेस पुग्न सकिन्छ र त्यहाँबाट केबुलकार चढेर हिमालको फेदीमा पुग्न सकिन्छ', उहाँले भन्नुभयो । सिक्लेस १९ सय मिटर अग्लो गाउँ हो ।

गाउँपालिका अध्यक्ष वेदबहादुरले निजी क्षेत्रको सहकार्यमा केबुलकार सञ्चालनको अवधारणा ल्याइएको हो । ‘त्यसमा स्थानीयको सहभागिता पनि सुनिश्चित गरिनेछ', उहाँले भन्नुभयो । पूर्वाधारलाई पहिलो प्राथमिकता र त्यसपछि पर्यटन तथा कृषिलाई महत्वव दिइएको यस मादीको यस वर्षको बजेट ३७ करोड ९१ लाख रुपैयाँको छ । त्यसमध्ये ४४ प्रतिशत पुँजीगत र ५६ प्रतिशत बजेट चालू हो ।

सिक्लेसबाट अन्नपूर्ण हिमशृंखलाको फेदीसम्म केबुलकार सञ्चालन गरेर हिमालको फेदीमा स्केटिङ खेलाउने गाउँपालिकाको प्रस्तावित योजना छ ।

पाँच सय ६५ वर्ग किलोमिटर क्षेत्रफल र कास्कीकै सबैभन्दा ठूलो स्थानीय तह मादी गाउँपालिकाले केन्द्रीय अनुदान ३२ करोड रुपैयाँ प्राप्त गर्दैछ । सामाजिक सुरक्षामा मात्रै पाँच करोड रुपैयाँ खर्च हुँदैछ । आन्तरिक स्रोतबाट भने २६ लाख रुपैयाँ मात्रै आम्दानी हुने अनुमान गरिएको छ । ‘स्थानीय तहसम्बन्धी सबैथरी कानुन नआएको हुँदा करलगायत विषयमा टुंगोमा पुग्न सकेका छैनौं', अध्यक्ष वेदबहादुरले भन्नुभयो, ‘मादी नदीको ढुंगा, गिटी, बालुवाको ठेक्का अर्को वर्षलाई पनि जिल्ला समन्वय समितिले लगाएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले छुट्टै आम्दानी गरिरहेको छ । धेरै कुरामा अन्योल बाँकी छ।'

गाउँपालिकाभित्र सिँचाइ पुगेको कृषिभूमि बाँझो राखे कडा जरिवाना गर्ने नीति गाउँसभाले पारित गरेको जानकारी अध्यक्ष वेदबहादुरले सार्वजनिक गर्नुभयो । भूकम्प प्रतिरोधी घर निर्माण गर्न मापदण्ड बनाएर कडाइका साथ लागू गर्ने, सामुदायिक विद्यालयमा अंग्रेजीलाई अनिवार्य गराउने, मातृभाषामा शिक्षा लिन पाउने व्यवस्था मिलाउने, तमुभाषीका लागि कार्यालयमा दोभाषेको व्यवस्था गर्नेलगायत नीति पनि सभाले पारित गरेको छ ।

मादीमा कृषि र पशुसम्बन्धी विषयगत कार्यालय पुगिसकेका छन् । तीमार्फत व्यावसायिक कृषिको विकास गर्ने गाउँको योजना छ । युवा लक्षित र युवा स्वरोजगार कार्यक्रममार्फत अनुदान दिलाएर कृषिको व्यावसायीकरण गर्ने योजना अध्यक्ष वेदबहादुरले सुनाउनुभयो । गाउँपालिकाको केन्द्र र वडा कार्यालयका लागि ठाउँ निश्चित गर्न गाउँसभाले समिति गठन गरेको छ ।

बजेट सार्वजनिक कार्यक्रमको उद्घाटन गर्दै संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले मादी क्षेत्रफलका आधारमा ठूलो भयो भनेर चिन्ता नगर्न स्थानीयसँग आग्रह गर्नुभयो । ‘यसमा प्रशस्त सम्भावना छन्, उत्कृष्ट गाउँपालिका बन्न सक्छ', उहाँले भन्नुभयो ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.