स्ट्यान्डर्ड चार्टर्ड बैंक सम्मानित
काठमाडौं : स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल युरोमनी अवार्डबाट सम्मानित भएको छ । बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्सी २०१७ मा 'नेपाल बेस्ट बैंक' अवार्ड हात पारेको हो । आर्थिक बजारको विश्वमा चर्चित प्रकाशन युरोमनीले उक्त अवार्डबाट बैंकलाई बिहीबार सम्मान गरेको हो ।
आर्थिक कारोबार उद्योगमा यसलाई चर्चित अवार्डका रूपमा लिइन्छ । यो अवार्डले २०१६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक विभिन्न चुनौतीका बाबजुद आफ्नो रणनीति, डिजिटल एजेन्डामा प्रगति, फरकपन दिन सक्ने क्षमता र व्यवसायलाई स्थिर राख्न सफल भएको देखाएको बैंकले जनाएको छ ।