देशकै उत्कृष्ट र नमूना उपमहानगरपालिका बनाउने उद्घोष
दाङ : तुलसीपुर उपमहानगरपालिकाका नबनिर्बाचित मेयर घनश्याम पाण्डे तुलसीपुर उपमहानगरपालिकालाई देशकै उत्कृष्ट र नमूना उपमहानगरपालिका निर्माण गर्ने उद्घोष गर्नुभएको छ ।
यहाँले तुलसीपुरमा अञ्चल अस्पताल, यातायात क्षेत्र, सामाजिक सेवा प्रवाहलाई देशकै नमुना बनाउने अठोटका साथ काम थालेको बताउनुभयो । त्यस्तै १०० दिनमै टरिगाउँ एयरपोर्टमा विमान सञ्चालन गर्ने मेयर पाण्डेले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकालाई सुशासनयुक्त बनाउने र भ्रष्टचार मुक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उपमहानगरका कर्मचारीलाई विद्युत मेसिनबाट हाजिरको व्यवस्था गरिएको र आधा घन्टाभन्दा ढिलो आउने कर्मचारीको त्यो दिनको हाजिरी नहुने बताउनुभयो ।
यस्तै उहाँले सबैसँग हातेमालो गर्दे सहकार्यका साथ उपमहानगरका हरेक कमजोरी सुधार गर्ने बताउनुभएको छ । सो अवसरमा उपमेयर माया शर्माले आफु साझा व्यक्तिको रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।