देउवासँग ३३ प्रतिशत माग्दै आरजु

देउवासँग ३३ प्रतिशत माग्दै आरजु

प्रधानमन्त्री शेरबहादुर देउवासँग आइतबार बालुवाटारमा अन्तरपार्टी महिला सांसद समन्वय सञ्जालले भेट गर्दै । तस्बिर : रोशन सापकोटा, रासस

काठमाडौ : मुलुककी प्रथम महिला (फस्ट लेडी) आरजु राणा देउवाले प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि माग गर्नु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आरजुले देउवालाई ज्ञापनपत्र बुझाएर मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताको माग गर्नु भएको हो । प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तार गर्ने गृहकार्यमा हुनुहुन्छ ।

महिला सांसद समन्वय समितिमा आबद्ध आरजुसहितका महिला सांसदले आइतवार प्रधानमन्त्री देउवासँग भेटी मुलुकमा व्याप्त महिला हिंसाका घटना अन्त्य गरिनुपर्ने मागसमेत गर्नुभएको सांसद रेखा शर्माले बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले महिला सांसदले राखेका मागलाई आफूले सकारात्मक रूपमा लिएको बताउँदै ती माग पूरा गर्न सक्दो प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । भेटमा सांसद आरजु देउवासहित सीता नेपाली, रेखा शर्मा,कुन्ती शाही, ईश्वरी न्यौपाने र सीता गुरुङ हुनुहुन्थ्यो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.